पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी  2082/05/17  जनकपुरधाममा मंगलबार “स्थानीय सरकारको लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण नीतिवारे संवाद कार्यक्रम” सम्पन्न भएको छ ।  वुमन एक्ट नेपाल र नेपाल नगरपालिका संघको संयुक्त आयोजनामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मधेस प्रदेश सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपालको संविधानले समानता, समावेशीकरण र अधिकार सुनिश्चितताको ग्यारेन्टी गरे पनि व्यवहारमा अझै धेरै व्यवस्थाहरू लागू हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।.... विस्तृत
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह 2082/04/27 मधेश प्रदेश आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलले संविधान विपरीत जिल्ला प्रशासन कार्यालय मातहत गएर कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आग्रह गरेको छ । आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्गा र मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवद्वारा मंगलबार जारि संयुक्त विज्ञप्तिमा उक्त आग्रह गर्दै नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले “अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणसम्बन्धी अत्यन्त जरुरी सूचना” शीर्षकको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।.... विस्तृत

 

ताजा अपडेट