सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली 2075/10/19   सिरहा÷प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारले तराई मधेसको विकासका लागि विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई शनिबार सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।     प्रधानमन्त्री ओलीले हुलाकी सडकको निमार्ण, भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएको बताए । केही दिनअघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको उल्लेख गर्दै उनले जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हने बताए ।.... विस्तृत
बखन्डी फल सेवन गर्दा  बालबालिकासहित १७ जना बिरामी 2075/10/08  सिरहाको संखुवानान्कारकट्टी गाउँपालिकामा अभिभावकसँगै बाख्रा चराउन गएका बालबालिकाहरु समेत गरि १७ जना बखन्डीको फल खाँदा बिरामी परेका छन् ।  सो गाउँपालिका १ स्थित चौरमा अभिभावकसँगै बाख्रा चराउन गएका ती १७ जना बखन्डीको फल खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय सिरहालाई उदृत गर्दै प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।      प्रहरीका अनुसार बिरामी परेका अभिभावकसँगै अधिकांश उनीहरुकै बालबालिका रहेका छन् । महिलाहरुसँग बाख्रा चराउन व्यस्त रहेको तथा बालबालिकाहरु खेल्न जाने क्रममा बखन्डी फल नामक दाना सेवन गरेको प्रहरीले जनाएको छ । .... विस्तृत
प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत 2075/09/09  प्रदेश २ को सरकारले ल्याउन खोजेको मदरसा सम्वन्धि एक विद्येयक बिवादास्पद बनेको छ । यस विद्येयकले प्रदेश २ का आठ जिल्लाका मुस्लिम बालबालिकाका लागि मदरसा खोल्न वैदेशिक सहयोग ग्रहण गर्ने एउटा संस्था स्थापना गर्ने अबधारणा ल्याएको छ । उच्च श्रोतका अनुसार उक्त विद्येयकमा एउटा यस्तो मदरसा शिक्षा बोर्ड स्थापनाको परिकल्पना गरिएको छ जसले कुनै पनि स्वदेशी अथवा विदेश व्यक्ति वा संघसंस्थाबाट उपहार वा दान स्वरुप मदरसाका लागि आर्थिक सहयोगको खोजी गरी भित्र्याउन सकनेछ ।     तर उक्त विद्येयक कानुन सम्बत नुहने तथा राष्ट्रिय सुरक्षामा पनि गम्भिर असर पार्ने भन्दै चौतर्फी विरोध गरिएको छ । नेपालको कानुनअनुसार कुनै पनि गैर(सरकारी संस्थाले विदेशी दान ल्याउनुभन्दा पहिले संद्यीय सरकारको स्वीकृती लिनुपर्ने हुन्छ तर सो विद्येयकले त्यस किसिमको आवश्यक कानुनलाई उल्लंधन गर्न खोजेको देखिन्छ । नेपालमा भने पहिले देखी नै विदेशी दान, खागसरी पश्चिमा दानकोे माध्यमबाट थुपैै धार्मिक संघसंस्थाहरुले आफ्नो स्वास्र्थ साँधेको तथा धर्म प्रचार गरेको इतिहास रहेको छ ।.... विस्तृत
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी 2075/09/09 श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ ।  मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन ।     मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् ।.... विस्तृत
हतियारसहित दुई पक्राउ 2075/09/04 धनुषा र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।  धनुषाको हंषपुर नगरपालिका ५ सुगानिकासबाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।      स्थानिय मंगल साह तेलीको मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा धनुषाको हंषपुर नगरपालिका ७ बस्ने ३१ वर्षिय बचन भन्ने बेचन मण्डललाई चेकजाँच गर्ने क्रममा एक थान पेस्तोल, सोमा प्रयोग भएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको ६ राउण्ड गोलीसहित पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । ... विस्तृत
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक  2075/08/28    धनुषा प्रहरीले नक्कली नागरिकता बनाउने कार्यमा संलग्न रहेको जिल्ला प्रशासन कार्यालयका एक सहयोगिसहित चार जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका ५ बस्ने ४९ वर्षीया गंगा साह, रौतहटको दुर्गा भगवती गाउपालिका ४ बस्ने हेमन्त कुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत ४२ वर्षीय महाविर मण्डललाई प्रहरीले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको उपस्थितिमा सार्वजनिक गरेको हो ।     प्रहरीले उनीहरुलाई नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केहि कागजात, दर्जनौँ नेपाली नागरिकता र डेढ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।.... विस्तृत
गाँजा र लागु औषधसहित तीन पक्राउ, गाँजाका बोट नष्ट 2075/08/27  सर्लाही र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट तीन जनालाई गाँजा र लागु औषधसहित पक्राउ गरेको छ भने महोत्तरीमा झण्डै ५ सय गाँजाका बोटहरु नष्ट गरिएको छ । प्रहरीले सर्लाहीको हरिवन नगरपालिका ९ स्थित पुर्व पश्चिम लोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चेकिङ टोलीले हरिवन नगरपालिका ३ सासापुर निवासी ३० वर्षिय मान बहादुर घिसिङलाई ४ किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।     बा ५० प ७५५ नम्वरको पल्सर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागु औषध गाँजा ४ किलो २०० ग्राम फेला परेकोले मोटरसाईकल र घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन् । ..... विस्तृत

 

ताजा अपडेट