हतियारसहित दुई पक्राउ 2075/09/04 धनुषा र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।  धनुषाको हंषपुर नगरपालिका ५ सुगानिकासबाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।      स्थानिय मंगल साह तेलीको मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा धनुषाको हंषपुर नगरपालिका ७ बस्ने ३१ वर्षिय बचन भन्ने बेचन मण्डललाई चेकजाँच गर्ने क्रममा एक थान पेस्तोल, सोमा प्रयोग भएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको ६ राउण्ड गोलीसहित पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । ... विस्तृत
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक  2075/08/28    धनुषा प्रहरीले नक्कली नागरिकता बनाउने कार्यमा संलग्न रहेको जिल्ला प्रशासन कार्यालयका एक सहयोगिसहित चार जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका ५ बस्ने ४९ वर्षीया गंगा साह, रौतहटको दुर्गा भगवती गाउपालिका ४ बस्ने हेमन्त कुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत ४२ वर्षीय महाविर मण्डललाई प्रहरीले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको उपस्थितिमा सार्वजनिक गरेको हो ।     प्रहरीले उनीहरुलाई नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केहि कागजात, दर्जनौँ नेपाली नागरिकता र डेढ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।.... विस्तृत
गाँजा र लागु औषधसहित तीन पक्राउ, गाँजाका बोट नष्ट 2075/08/27  सर्लाही र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट तीन जनालाई गाँजा र लागु औषधसहित पक्राउ गरेको छ भने महोत्तरीमा झण्डै ५ सय गाँजाका बोटहरु नष्ट गरिएको छ । प्रहरीले सर्लाहीको हरिवन नगरपालिका ९ स्थित पुर्व पश्चिम लोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चेकिङ टोलीले हरिवन नगरपालिका ३ सासापुर निवासी ३० वर्षिय मान बहादुर घिसिङलाई ४ किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।     बा ५० प ७५५ नम्वरको पल्सर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागु औषध गाँजा ४ किलो २०० ग्राम फेला परेकोले मोटरसाईकल र घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन् । ..... विस्तृत
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै 2075/08/24  सीताराम विवाह पञ्चमी महामहोत्सवका लागि भारतको अयोध्याबाट जन्ती जनकपुरधाम आइपुगेको छ । जन्ती बनेर साधुसन्तको टोली सोमवार अपराह्न जनकपुरधामको जानकी मन्दिरमा आइपुगेको छ ।     प्रमुख जन्ती भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मंसिर २६ गते ११ बजे निजी विमानबाट आउँदैछन् भने औपचारिक जन्ती सोमवारै आइपुगेका छन् । घोडासहित २ वटा रथ र बाँकी आधा दर्जन घोडा र १ दर्जन जीपमा जन्ती आइपुगेका हुन् ।     जन्तीलाई नेपाल–भारतको सीमावर्ती नाका धनुषाको जटहीमै पुगेर जानकी मन्दिरको टोलीले स्वागत गरेको थियो । जन्ती नाकामा पुगेपछि स्थानीयबासीले समेत जन्तीलाई स्वागत गरेका थिए ।     जानकी मन्दिर पुगेका जन्तीलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले मन्दिरको प्रवेश द्वारमा पुगेर स्वागत गरेका छन् ।..... विस्तृत
योगीको सुरक्षाका लागि चार  हजार सुरक्षाकर्मी खटिने  2075/08/24  भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि जनकपुरमा चार हजार सुरक्षाकर्मी खटिने भएका छन् । मंसिर २६ गते रामजानकी विवाह महोत्सवमा सहभागी हुन जनकपुर आउन लागेका मुख्यमन्त्री योगीका लागि उक्त संख्यामा सुरक्षाकर्मी खटिने भएको हो ।      प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले रामजानकी विवाह महोत्सवका लागि तीन हजारको संख्यामा नेपाल प्रहरी खटिने जानकारी दिँदै प्रदेश २ का आठै जिल्लाबाट प्रहरी नायब उपरिक्षकको कमान्डमा एक सयको संख्यामा र प्रदेश १ र ३ बाटसमेत सुरक्षाकर्मी आउने जानकारी दिएका छन् । .... विस्तृत
विवाहपञ्चमीको रौनक 2075/08/18  यही मङ्सिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि  उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन् ।  महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा (रङ्गशाला) सम्म सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा भइरहेको छ ।     सुरक्षाकर्मी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाजका अगुवाको सहभागितामा बाह्रबिघाको सरसफाइ र उपमहानगरपालिकाद्वारा सडक निर्माण, सडक व्यवस्थित गर्ने कार्य भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगीको महोत्सवमा सहभागितासमेतलाई दृष्टिगत गर्दै स्वागत, भण्डारालगायत संपूर्ण कार्यक्रम तय गरिसकिएको प्रष्ट प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत बताउनुहुन्छ । .... विस्तृत
प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दो 2075/08/18 पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ ।     कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी बढ्दो कुपोषण हटाउन चेतनामूलक कार्यक्रम अघि सारेको संयोजक हेमन्त झाले राससलाई बताउनुभयो ।      प्रदेश नं २ मा ३६ प्रतिशत बालबालिकामा कम तौल भएको देखिन्छ । त्यस्तै ३७ प्रतिशत बालबालिकामा पुड्कोपन, १४ दशमलब ४ प्रतिशतमा ख्याउटेपन देखिन्छ । जुन सङ्ख्या प्रदेश नं २ मा उच्च रहेको छ । .... विस्तृत

 

ताजा अपडेट