मुलुक र जनताको समस्या समाधानका लागि बृहत एकता ः जसपा नेता महतो 2077/06/27  जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले मुलुकमा तेश्रो विकल्पको रुपमा राजनीतिक पार्टीको आवश्यकता रहेको भन्दै आफूहरु सोका लागि बृहत एकता गरेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा मंगलबार पार्टीका नेता स्व. धर्मनारायण रायको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मुलुकका दुई ठूला राजनीतिक पार्टीको कार्यशैलीलाई जनताले हेरिसकेको र तिनीहरुबाट मुलुकको समस्या समाधान नभएको टिप्पणी गर्दै उनले मुलुक र जनताको समस्या समाधानको लागि आफूहरु बृहत एकताका साथ अघि बढेको प्रष्ट पारे । ... विस्तृत

 

ताजा अपडेट