हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा 2075/08/09 सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर २ स्थित चौफालमा शनिवार राती आएको जंगली हात्तिले घर भत्काएको छ ।  हात्तीले स्थानिय विजय तामाङको घर भत्काएको हो । हात्तिले घर भत्काउँदा तामाङ परिवारको विचल्ली भएको छ । घरमा गर्भवती श्रीमतीसंगै सुतिरहेको अवस्थामा हात्ती आएर घर भत्काउन थालेपछी जसोतसो भागेर ज्यान वचाएको पीडीत बिजयले वताएका छन् ।      हात्तीले घरको छाना र टाटी भत्काएर आफू सुतेको प्लाङ घरवाहिरा फ्यानुको साथै घरमा भएको अन्नपात खाएको र भाँडाकुडाहरु कुच्चाएर करिव पचास हजार भन्दा वढीको क्षती गरेको पीडितले बताए । ... विस्तृत
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी  2075/08/09  नेपाल आदिवासी जनजाति महासंघ मिथिला मधेश प्रदेश नम्वर २ का सहसंयोजक दिल कुमारी चौधरीले आदिवासी जनजाति प्रति प्रदेश २ को सरकारको नियत ठिक नभएको आरोप लगाएकी छिन् ।      सप्तरीको रुपनगरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कन्चनरुपको दोश्रो अधिवेशन उद्घाटन गर्दै उनले सो आरोप लगाएकी हुन ।      प्रदेश सरकारले आदिवासी जनजातिलाई वेवास्था गरेको आरोप लागाउदै उनले आदिवासी दिवस, थारु, तामाङ, मगर लगायतका आदिवासी जनजातिले मनाउने चाडपर्वमा विदा नदिने तर, मुश्लिम, मधेशी र हिन्दुहरुको सानातिना चाडपर्व समेतमा बिदा नदिई भेदभाव गरेकोप्रति गुनासो गरिन् ।      संघीय सरकारको जातीवादी र नश्लवादी चरित्रलाई प्रदेश सरकारले समेत निरन्तरता दिएको वताउदै आदिवासी जनजाति प्रति विभेद र भेदभाव कायम राखे अधिकार प्राप्तिको लागी आदिवासी जनजातिहरु संर्घषमा उत्रन वाध्य हुने चेतावनी समेत उनले दिईन । .... विस्तृत
शोकमा स्थानिय तह र शैक्षिक संस्था बन्द 2075/08/09  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० मा शुक्रवार राति भएको बस दुर्घटनामा मुत्यु भएकाहरुको शोकमा आईतवार जिल्लाको सबै स्थानीय तहका कार्यालय र शैक्षिक संस्था बन्द गरिएको छ । एउटै टोलका पाँच जनाको ज्यान जानेगरी भएको दुर्घटना अत्यन्तै दुखद रहेकाले मृतक प्रति श्रद्धाञ्जलीका लागि आईतवार जिल्लाका सबै १८ वटै स्थानीय तह, मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक मनाउन बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताए ।      डाकनेश्वरी नगरपालिकाका ६४ जना तिर्थयात्रीसहित सुनसरीको बराह क्षेत्र मेला भरेर फर्कने क्रममा शुक्रबार राती सो बस दुर्घटनामा परेको थियो ।  विस्तृत
प्रदेश सरकारद्वारा एक÷एक लाख मृतक परिवारलाई प्रदान गर्ने घोषणा, घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्र्ने 2075/08/08  राजविराज÷तिर्थयात्री बोकेको यात्रुवाहक वस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएका परिवारजनलाई प्रदेश नं. २ सरकारले राहत स्वरुप एक लाख रकम प्रदान गर्ने घोषणा गरेको छ ।       प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द यादवले शनिबार मृतक परिवारको घरमै पुगि सो राहत दिने घोषणा गरे ।       यस्तै मन्त्री यादवले दुर्घटनामा घाइते भएकाहरुको सम्पूर्णको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी समेत दिए ।      मन्त्री यादबले पछिल्लो समय प्रदेश नम्बर २ मा सडक दुर्घटना बढेकाले न्यूनिकरणाको उपाय सहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिएर उच्च स्तरीय समिति गठन गर्न लागिएको जानकारी दिए । .... विस्तृत
तिर्थयात्रु बोकेको बस दुर्घटना पाँचको मृत्यु, ४८ घाइते, शोकमा आइतबार सबै स्थानिय तह बन्द (नामावली र भिडियोसहित सहित) 2075/08/08 सप्तरीको भारदह राजविराज सडकखण्ड अन्तर्गत कंकालिनि हनुमाननगर नगरपालिका १० स्थित इनरवामा शुक्रबार राती तिर्थयात्री बोकेको यात्रुवाहक वस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । धरानको बराहा क्षेत्रबाट तिर्थ गरेर सप्तरीको डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै गर्दा बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुब्दा बसमा सवार डाकनेश्वरी ११ की ६० वर्षिया वेचनीदेवी यादव, ६५ वर्षिया ठकनीदेवी यादव, ७० वर्षिया सिकिलदेवी साह तथा दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको प्रहरी उपक्षिक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।  सो दुर्घटनामा घाइते भएका मध्येबाट थप उपचारको लागि ११ जना लाई बि.पी. कोईराला बिज्ञान प्रतिष्ठान अस्पताल धरान, २ जनालाई बिराटनगर न्युरो र १ जना लाई नोबेल अस्पताल बिराटनगर पठाईएको छ भने ३४ जनाको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । क्षमता भन्दा कढी ६० जना यात्रु बोकेको को १ ख २७९९ नम्बरको छिन्नमस्ता माँ भगवती ट्राभल्स नामक बस सडक छेउमा रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।..... विस्तृत
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार 2075/08/07 सन् २०१८ को ११ महिने अवधीमा सप्तरीमा ३२ बालिका तथा ११ महिलामाथी बलात्कारका घटना भएका छन् । इन्सेक सप्तरीद्वारा आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्वअघि शुक्रबार राजविराजमा आयोजित बार्षिक समीक्षा गोष्ठीमा सो जानकारी दिइएको हो ।      आयोजित गोष्ठीमा इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा हत्या भएका ६ जनाको लाश फेला नपरेको, १३ बालिका यौन दुव्र्यवहारमा परेको, चार महिलामाथी यौन दुव्र्यवहार भएको जनाइएको छ । .... विस्तृत
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित  2075/08/07  नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सप्तरीले अभिकर्ताहरुलाई सम्मानित गरेको छ ।      शुक्रवार राजबिराज शाखाको आयोजनामा गरिएको सम्मानमा बिमा गराउन सफल भएका, बरिष्ठ, नयाँ एजेन्सी म्यानेजरहरूलाई दोसला ओढाएर सम्मान गरेको हो ।     कार्यक्रममा नेपाल लाईफ ईन्स्योरेन्स क्षेत्रिय प्रबन्धक टीका दत्त प्याकुरेलले नेपाल लाईफ ईन्स्योरेन्सले चालु आवमा पूर्वाञ्चलमा १ अर्ब भन्दा बढी प्रिमियम संकलन गर्न सफल भएको जानकारी दिए ।     देशमा जीवन बिमा गराउने १९ जीवन बिमा कम्पनी मध्ये नेपाल लाईफ बढी चुक्ता पुंजी गराउन सफल र जीवन बिमाको पहिलो कम्पनी भएको बताउदै सबै भन्दा बढी बिश्वनिय भएको उनले दाबी गरे ।..... विस्तृत
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन 2075/08/07  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले महिलाहरूमाथि सशस्त्र प्रहरीद्वारा भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न निर्देशन दिएका छन् ।      सशस्त्र प्रहरीका उच्चाधिकारीहरूलाई टेलिफोनमार्फत घटनाप्रति ध्यानाकृष्ट गराउँदै मन्त्री यादवले अत्यन्त अराजक र अनुशासनहीन ढंगले महिलाहरूसँग दुव्र्यवहार गर्ने प्रहरीमाथि तत्काल कार्बाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।     मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताए । उनले भने, ‘कुनै पनि व्यक्तिको मर्यादा र आत्मसम्मानमा चोट पुग्ने गरी कानुन कार्यान्वयन गर्ने निकायले कार्बाही गर्ने कुरा सभ्य समाजका लागि बर्दाश्तयोग्य छैन । कानुनले पनि राज्यका कुनै पनि निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीबाट यस्ता खालका अराजक गतिविधि हुने परिकल्पना गरेको छैन ।’..... विस्तृत
बस दुर्घटनामा तीनको मृत्यु 2075/08/07  पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका २ स्थित कमला पुल नजिकै बिहीबार साँझ भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।      सो दुर्घटनामा एक जनाको घटनास्थलमै तथा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।      घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका ९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका ९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको शुक्रबार उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका मिर्चैैयाले जनाएको छ ।      साहको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तथा घटनामा बिहीबार सर्लाहीको हरिपुर नगरपालिका ९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको थियो । ..... विस्तृत
नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत 2075/08/06  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नीति अनुसार विकास निर्माणको काम हुन नसक्दा मुलुकको विकास अन्यौलमा परेको बताएका छन् ।  राष्ट्रिय योजना आयोगले आयोजना गरेको दीगो विकास लक्ष्य मैत्री योजना र बजेट एवं अनुगमन तथा मूल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको समापनमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।      समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको विकासको नीति उत्कृष्ट भएपनि कार्यान्वयन गर्ने व्यक्ति इमान्दार हुन नसक्दा विकास अन्यौलमा परेको बताए ।      राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नहुने बताउँदै उनले कर्मचारी स्थायी सरकार रहेकोले कर्मचारीले मात्रै देश समृद्ध बनाउन सकिने धारणा राखे । .... विस्तृत
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन 2075/08/05 मधेश आन्दोलनका शहिद नागेश्वर यादबको सम्झनामा बुधबार एक कार्यक्रमको आयोजना गरि तेस्रो स्मृति सभा मनाइएको छ ।     सप्तरीको रूपनी गाँउपालिका वडा नं. ४ स्थित छपकी टोलमा नागेश्वरको सम्झनामा स्मृति सभाको आयोजना गरिएको हो ।     सो अवसरमा प्रदेश २ का सांसद मनिष कुमार सुमनले सहिद नागेश्वर यादबको समाधी स्थलमा फुलमाला लगाई श्रद्वाञ्जली अर्पण गरे ।     राजपा पार्टीका महासचिव समेत रहेका सुमनले २०७२ सालको संविधानलाई समाबेसी बनाउनु पर्ने भन्दै मधेशवादी दलले राजमार्ग भरौ, शान्ति पुर्ण आन्दोलनमा प्रहरीले ज्यादती गरि नागेश्वरलाई नियोचित ढंगले गोली हानी हत्या गरेको आरोप लगाउँदै शहिद नागेश्वरको मार्गलाई कहिले बिर्सन नसकिने बताए । उनको मार्गदर्शनमा कारण अहिले पनि मधेश संघर्षरत रहेको बताउदै सांसद सुमनले चाडै नै मधेशले मुक्ती पाउने बिश्वास ब्यक्त गरे ।.... विस्तृत