शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित   2075/09/11  सरकारले अस्थायी शिक्षकलाई विस्थापित गर्ने गरी प्रकृया अघि वढाएको भन्दै विरोधमा नेपाल शिक्षक महासंघले गरेको दुई दिने शैक्षिक हडतालका क्रममा पहिलो दिन बुधबार जिल्लाका समपूर्ण सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको छ ।  अस्थायी शिक्षकको माँग प्रति एक्यबद्धता जनाउँदै महासंघको आह्वानमा प्रदेश २ मा बुधबार र बिहीबार दुई दिने शैक्षिक हडताल कार्यक्रमको घोषणा गरिएको हो ।      हडतालको पहिलो दिन जिल्लाका सम्पूर्ण ४ सय २८ सामुदायिक विद्यालयको पठन पाठन ठप्प हुँदा एक लाख २५ हजार वढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । .... विस्तृत
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान 2075/09/09  प्राकृतिक प्रकोप शितलहर र आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत गराउने उद्देश्यले सोमबारदेखी क्षति न्युनिकरण राजविराजमा प्रहरीले सप्ताहव्यापि सचेतना अभियान सुरु गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीको संयुक्त आयोजनामा राजविराजस्थित गजेन्द्र चौकमा एक कार्यक्रमको आयोजना गरी सो सचेतना अभियानको सुरुवात गरिएको हो ।      अभियानको सुरुवात गर्दै सप्तरी प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले सवारी दुर्घटना, आगलागी, शितलहर तथा अपराध नियन्त्रणका बारेमा विभिन्न सवारी चालक, सहचालक तथा जनतालाई सडक सभ्यता र सामुदायिक सुरक्षालाई अभिवृद्घि गर्न प्रहरीले थालिएको अभियानलाई सार्थक बनाउन सवैको सहयोग आवश्यक रहेको बताए । .... विस्तृत
प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव  2075/09/08  राजविराज÷प्रदेश नं. २ को नामाकरण, स्थायी राजधानी र भाषाबारे सुझाव संकलन गर्न प्रदेश सरकारले बनाएको आयोगले शनिबार राजविराजमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सुझावकर्ताहरुले “मिश्रित” सुझाव दिएका छन् ।      आयोगका संयोजक डा. हरीबंश झाले सुझाव दिनका लागि सहभागीहरुलाई नाम लेखेर प्रदेशको राजधानी कहाँ राख्ने?, प्रदेशको नामाकंकरण के राख्ने ? सहितका बिषयमा औचित्य, महत्वसहितको सुझाव दिन आग्रह गरिएको थियो ।      आयोगका पदाधिकारीले लिखित फोरम्याट नै तयार पारेको थियो सुझाव संकलनका निम्ति । सहभागी भएका सबैलाई यो फोरम्याट उपलब्ध गराउँदै प्रश्नको उत्तर लेखेर दिन आग्रह गरिएको थियो ।.... विस्तृत