थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत 2075/10/01 प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले थारूहरूको भाषा, संस्कृती, पहिचानलाई स–सम्मानका लागि अझ संघर्ष गर्नुपर्ने बताएका छन् । थारु समुदायले राजनीतिक परिवर्तनका लागि गरेको योगदानप्रति प्रदेश सरकारले उच्च मुल्याङ्कन गर्ने समेत बताए ।  थारू कल्याणकारी सभा सप्तरीद्वारा मंगलबार जिल्लाको सुरुङ्गा नगरपालिकास्थित कुशहामा éस्आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भाषा, संस्कृति र पहिचानका लागि थारू समुदायले मुलुकमा अधिकारका लागि अझ संघर्षरत रहनुपर्ने बताएका हुन् ।  प्रदेश २ मा थारुहरुको जनसंख्याको आधारमा आरक्षण पाउने भन्दै उनले थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकार हदैसम्म सहयोग गर्ने विश्वास समेत दिलाए । .... विस्तृत
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह   2075/09/28  राजविराज÷प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीहरुले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएका छन् । जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजबिराजको शनिबार १७ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री साहले सहकारीको माध्यमबाटै समाजको बिकास हुने भएकोले अब उत्पादनशिल क्षेत्रमा समेत लगानी गर्ने पर्ने आवश्यकता रहेको बताए ।  सहकारीले समाज परिवर्तनमा उल्लेख्यीय भूमिका खेलेकोले यसलाई बिस्तार गर्न अझ लगानी गर्नुपर्ने भन्दै मन्त्री साहले सरकारी, नीजि तथा सहकारी क्षेत्र मिलेर अगाडी बढ्नु पर्ने जिकिर गरे । उनले मुलुकको आर्थिक बिकासका साथ साथै सामाजिक विकास समेत सहकारीकै माध्यमबाट हुन सक्ने बताए । .... विस्तृत
सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह 2075/09/27  प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी क्षेत्रको पँुजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउन आग्रह गरेका छन् ।  ग्लोबल बहुमुखी सहकारी संस्था लि. को शुक्रवार १८ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले उत्पादनमूलक क्षेत्रमा पुँजी लगाई उत्पादनलाई बृद्धि गरी प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउनुपर्नेमा जोड समेत दिए ।  प्रदेशको समृद्धको आधार कृषि नै भएको भन्दै मन्त्री साहले उत्पादन वृद्धिका लागि सरकार, नीजि क्षेत्र र सहकारी संस्था मिलेर अघि बढनुपर्नेमा जोड दिए । सहकारी मार्फत उत्पादन वृद्धि गरेर प्रदेशलाई आत्मनिर्भर बनाउने दिसामा प्रदेश सरकार अघि बढेको उनले बताए ।.... विस्तृत
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह 2075/09/27  प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने प्रतिबद्धता जनाएका छन् ।  प्याब्सन सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित १४ औ साधारण सभामा बोल्दै मन्त्री साहले नीजि बिद्यालयले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने भन्दै नीजि बिद्यालयलाई सक्दो सहयोग गर्ने बताए । संस्थागत बिद्यालयमा अहिले लाखौ बिद्यार्थीहरू अध्ययन अध्यापन गरिरहेकोले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने उनको भनाई छ ।  मन्त्री साहले प्रदेश स्तरिय शिक्षा नीति ऐन ल्याउदाँ निजी बिद्यालयको हकहअधिकारलाई संस्थागत गर्न प्याब्सन लगायत अन्य शैक्षिक संस्थाहरूसँग सल्लाह गरी हातोमालो गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।.... विस्तृत
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती 2075/09/27  राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष केबी उप्रेतीले सप्तरीका सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने बताएका छन् ।  अध्यक्षमा उप्रेती निर्वाचित भएपछि पहलो पटक सप्तरी जिल्लाको विभिन्न सहकारी संस्थाहरुको निरिक्षण एवं अवलोकन गर्ने क्रममा उनले सो सहयोग गर्ने बताएका हुन् । राष्ट्रिय सहकारी बैंक राजविराजमा शाखामा शुक्रबार आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले सप्तरीका सहकारी संस्थाहरुले गरिरहेको काम सहनिय रहेको भन्दै सहकारीको विकासमा आफूले आफ्नो कार्यकालमा प्रयास गर्ने प्रतिबद्धता समेत जनाए । .... विस्तृत
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान 2075/09/26 नेपाल पत्रकार महासंघ सप्तरीले प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार वृजमान तामाङलाई प्रदान गरेको छ ।   सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका तामाङलाई २५ औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा नगद २ हजार ५ सय १ सहित सो पुरस्कार प्रदान गरिएको हो ।  राजविराजमा बिहीबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य सुमनराज प्याकुरेलले तामाङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे ।.... विस्तृत
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम  2075/09/25  नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल वापत ग्राहकलाई दिने गरेको बिल र नेपाल सरकारबाट मान्यता प्राप्त ई–सेवाबाट भुक्तान गर्दा देखिएको बिलको रकम फरक फरक भेटिएको छ ।  नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रबाट एक ग्राहकलाई दिएको विद्युत महसुल वापतको बिल र ई–सेवाबाट जारि गरिएको बिलको रकममा ३ हजार ७ सय ३४ रुँपैया ८३ पैसाको फरक भेटिएको छ ।  घरेलु प्रयोजनका लागि मिटर जडान गरेकी ग्राहक नं. ३०३५४ राजविराज ४ निवासी ठकनी कुमारी साहको नाममा २०७५ साल पुस महिनाको विद्युत महसुल वापत ४६३४ रुँपैया ८३ पैसाको रकम आएको तर, सोही नाम, ग्राहक नं., महिना र ठेगाना उल्लेख भएको ई–सेवाको बिलमा ९०० मात्र रकम उल्लेख भएको देखिएको छ । .... विस्तृत
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न 2075/09/23  राष्ट्रिय जनता पार्टी नेपालले प्रथम एकता महाअधिवेशनको तयारी गर्ने उद्देश्यका साथ सोमबार राजविराजमा बिस्तारित बैठक सम्पन्न गरेको छ । राजपा सप्तरीको आयोजनामा बिस्तारित बैठकमा राजपा महासचिव मनिषकुमार सुमनले बैशाख ७ र ८ गते हुने प्रथम एकता महाअधिबेशनलाई लक्षित गरि सप्तरीसहित २९ जिल्लामा बिस्तारित बैठक गर्न लागेको जानकारी दिएका छन् ।     पार्टीका सप्तरी संयोजक सतिश कुमार सिंहको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकमा राजपाका महासचिव सुमनले महाअधिबेशनलाई लक्षित गरी बिस्तारित बैठक गर्न लागको बताए ।     उनले बैठकबाट प्रत्येक नगरपालिका तथा गाँउपालिकामा वडास्तरिय भेलाका लागि जिम्मेवारी दिईने र पुस २५ गते वडाको बिस्तारित बैठक सम्पन्न गर्ने केन्द्रीय कार्यक्रम रहेको उल्लेख गरे ।.... विस्तृत