प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा  पूर्वकार्यरत चौधरी सार्वजनिक 2075/10/11 सप्तरी जिल्लाको विभिन्न अपराधिक गतिविधमा संलग्न रहेको तथा प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका प्रगतिशील तराई मुक्ती मोर्चा सिजन समूहका एक कार्यकर्तालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । सप्तरीको खडक नगरपालिका ९ का ४१ वर्षीय पशुपति चौधरीलाई प्रहरीले माघ ८ गते पक्राउ गरेपछि बिहीबार सार्वजनिक गरेको हो । चौधरी नेपाली सेनामा १० वर्षसम्म कार्यरत थिए भने उनी भलिबलका खेलाडी समेत रहेको प्रहरीले जनाएको छ ।  यसअघि प्रहरीको सूचीमा रहेका अर्का मोस्ट वान्टेड अपराधि सप्तरीको सुरुङ्गा नगरपालिका ६ कडोरवना निवासी ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरीद्वारा प्रतिरक्षाका क्रममा बुधबार बिहान मारिएका थिए । सोही घटनाको भोली पल्ट प्रहरीले पशुपतिलाई सार्वजनिक गरेको हो । .... विस्तृत
जवाफी कारवाही “इन्काउन्टर” मा चौधरी मारिए, सप्तरी प्रहरी र प्रदेश प्रहरीको विज्ञप्ति नै शंकाको घेरामा 2075/10/09  प्रहरीसँगको जवाफी कारवाहीमा बुधबार बिहान सप्तरीमा एक व्यक्ति मारिएका छन् । तर, जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले घटना सम्बन्धी जारि गरेको छुट्टाछुट्टै विज्ञप्तिले जवाफी कारवाही “इन्काउन्टर” प्रति शंका उब्जाएको छ । सप्तरी प्रहरीका अनुसार जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ३ निवासी ३५ वर्षिय दीपेन्द्र चौधरी प्रहरीको जवाफी कारवाहीमा मारिएको जनाएको छ ।  सप्तरी प्रहरीले मोटरसाइकललाई रोक्न खोज्दा गोली चलेको तथा जवाफी कारवाहीमा प्रहरीले गोली चलाएपछि चौधरी मारिएको बताए पनि प्रदेश प्रहरीले भने मोटरसाइकल पछाडी सवार व्यक्ति मोटरसाइकलबाट झरी प्रहरीलाई गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्नु परेको जनाएकोले घटनाप्रति शंका उब्जाएको हो । .... विस्तृत
बलानबिहुलको वडा नं. ४  पूर्ण विद्युत युक्त वडा घोषणा 2075/10/04  सप्तरीको कान्छो स्थानिय तह बलानबिहुल गाउँपालिका पूर्ण बिुद्युतीकरणतर्फ उन्मूख हुँदैछ । विगतमा विद्युत नभएको गाउँमा अहिले स्थानिय जनप्रतिनिधिको प्रयासबाट विद्युतीकरण हुने कार्य धमाधम भइरहे.कोले स्थानिय खुशी देखिएका छन् ।  यसैबीच सो गाउँपालिका वडा नं. ४ बेल्हीमा शुक्रबार पूर्ण विद्युत युक्त वडा घोषणा भएको छ । यो सँगै गाउँपालिकामा रहेको ६ वडा मध्ये वडा नं. १, ३ र ४ पूर्ण विद्युत युक्त वडा घोषणा भएको छ ।  गाउँपालिका अध्यक्ष दयानन्द गोइत र वडा अध्यक्ष मो. हन्सु मियाँ आलमले संयुक्त रुपमा रिबन काटेर वडा विद्युत युक्त भएको घोषणा गरेका छन् । .... विस्तृत
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए  2075/10/02  यातायातको कठिनाई, बिजुली बत्तिको अभाव तथा अन्य सुविधाबाट बञ्चित सप्तरीको अत्यन्त पछाडी परेको बलान बिहुल गाउँपालिका अहिले बिस्तारै उभो तर्फ लाग्दैछ ।  जिल्लाको १८ वटा स्थानिय तह मध्ये सबै भन्दा कान्छो गाउँपालिकाको रुपमा परिचित बलान बिहुलमा गत आ.ब.मा सडक बिस्तारको काम सम्पन्न भइसकेपछि अहिले सम्पूर्ण वडामा बिजुली बिस्तार गर्ने काम द्रुत गतिमा भइरहेको छ ।      मुलुकमा स्थानिय तहको विभाजन भइसकेपछि मधेश केन्द्रित दलहरुले जनसंख्याको आधारमा मधेशमा थप स्थानिय तह थप्नु पर्ने भन्दै आन्दोलन गरेपश्चात् सरकारले दोश्रो चरणमा थपेका स्थानिय तहमा यस बलान बिहुल गाउँपालिका साविकको बोदेबरसाईन नगरपालिकाबाट ६ वटा वडा छुट्इएर बनेको स्थानिय तह हो ।  .... विस्तृत
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड 2075/10/02 २१ औ भुकम्प सुरक्षा दिवसको अवसरमा बुधबार राजविराजमा प्रभातफेरी तथा विचार गोष्ठीको आयोजना गरि मनाएको छ ।  बिपद् ब्यबस्थापन समिति, शहरी बिकास भवन निर्माण डिभिजन तथा केभिएसको संयोजनमा प्रभावतफेरी गर्दै गोष्ठीको आयोजना गरि भुकम्प दिवस मनाएको हो ।  प्रभातफेरी पश्चात् आयोजित विचार गोष्ठीमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेनद्र पौडेलले भुकम्प नियमित प्रकिया भएकोले निर्माण गरिएको संरचना कमजोर हुँदै गएकोले त्यसका लागि जनचेतना मुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन ।.... विस्तृत