मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु 2075/11/29  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुंगा नगरपालिका ५ कुशहा सडकखण्डस्थित पुलमा बुधवार बिहान बस र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको बसले च्यापिएर मृत्यु भएको छ । सोही दुर्घटनामा बसका एक दर्जन तिर्थ यात्री घाइते भएका छन् । उदयपुरको रामपुर ठोक्सिलाबाट जनकपुरका लागि तिर्थ यात्री बोकेर आउदै गरेको को १ ख ४९३४ नम्वरको यात्रुबहाक बसले बिपरित दिशाबाट आउदै गरेको को. ३४ प.६४२५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा बस अनियन्त्रित भई पल्टिएर सो दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।  .... विस्तृत