प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता 2075/12/05  प्रदेश २ को प्रथम आवधिक योजना तयार गर्नका लागि सप्तरी तथा सिरहाका जनप्रतिनिधिहरू सँग एक दिने आधारपत्र तर्जुमा कार्यशाला गोष्ठीको मंगलबार राजविराजमा सम्पन्न भएको छ ।  प्रदेश २ को आर्थिक मामिला तथा योेजना नीति आयोगको आयोजनमा तथा समुन्नती तथा युकेएडको सहयोगमा आधारपत्र कार्यशाला गोष्ठी सम्पन्न भएको हो । सो अवसरमा कृषि भुमी ब्यबस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आवधिक योजना तर्जुमाका लागि आधार पत्र तयार गरी पञ्चबर्षिय योजना बनाउने प्रदेश सरकारको नीति रहेको बताएका छन् । ..... विस्तृत