सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल 2075/12/16 राजविराज÷एसईई परिक्षा अन्तरगत अनिवार्य विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएकोप्रति स्थानिय स्तरमा गठित छानबिन टोलीले सप्तरीबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रश्नपत्र परिक्षा अगावै सप्तरी जिल्लाबाट बाहिरिएको चर्चा चल्न थालेपछि स्थानिय प्रशासनद्वारा तिन दिन अघि गठित चार सदस्यीय छानबिन समितिले शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन तथा केन्द्राध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । .... विस्तृत
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ 2075/12/13  कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेaत्र भित्रको खाली जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका सयौं व्यक्तिलाई प्रहरीले बल प्रयोग गरि हटाएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिकको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको खाली जग्गामा झापा, धनकुटा, भोजपुर, उदयपुर, चितवन र गोरखा जिल्लाबाट बस, ट्रक, ट्याक्टर र जिपमा दैनिक उपभोग्य सामाग्रि तथा लत्ताकपडा, भाडाकुडासहित बोकेर आएका व्यक्तिहरुले जबरजस्ती घर बनाउन खोज्दा प्रहरीले बल प्रयोग गरि हटाएको हो ।..... विस्तृत