विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण 2076/05/20  बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनराका छात्राहरुलाई शुक्रबार साइकल वितरण गरिएको छ  । विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढ्ने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।     प्रदेश सभा सदस्य सुमनले साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँदै यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह गरेका छन् ।.... विस्तृत
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ 2076/05/17 अहिलकोे युगमा नयाँ नयाँ प्रविधीको विकास हुँदै गएको छ । सो प्रविधीको विकास राष्ट्र हीतका लागि हुने गर्दछ । तर, सप्तरीमा तस्करहरुले एउटा यस्तो नयाँ प्रविधीको विकास गरेका छन् जसले उनीहरुलाई लागु औषध ओसार पोसार गर्न सहयोग पुग्ने गरेको छ । सप्तरीमा लागु औषध ओसार पोसारका लागि तस्करहरुले खाली ग्यास सिलिन्डको पिदमा प्वाल बनाई लकर सिस्टमको विकास गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलन मार्फत लागु औषध ओसार गर्ने सो प्रविधिको खुलासा गर्दै ती कार्यमा संलग्न एक व्यक्तिलाई सार्वजनिक समेत गरेको छ ।.... विस्तृत

 

ताजा अपडेट