सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क  2076/01/14 राजविराज÷सिन्डीकेट प्रणालीको खारेजीको माँग गर्दै पाठ्यपुस्तक विक्रि बितरण गरिरहेको भन्दै दुई दिनदेखी पुस्तक पसलमा तालाबन्दी गरि आन्दोलनमा उत्रेका विद्यार्थीहरुले शनिबार दुई बँुदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् । पुस्तक व्यवसायी र विद्यार्थी संगठनबीच भएको सहमतिमा सिन्डीकेट प्रणाली तोडिएको छ भने पुस्तकमा दिइने छुट सम्बन्धमा पुस्तक व्यवसायीले अंकित मुल्यमा मिल्न सक्ने छुट दिने भनेको छ भने शनिबारै विद्यार्थी संगठनहरुले जारि गरेको विज्ञप्तिमा १० प्रतिशत छुट दिने सहमति भएको जनाएको छ । .... विस्तृत
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी 2076/01/12  केही पुस्तक व्यवसायीहरु मिलेर सिन्डीकेट लगाएर राजविराजस्थित गजेन्द्र चौकमा पुस्तक महल नामक पसल मार्फत निजि विद्यालयका पुस्तक एकलौटी ढंगले बिक्री गरिरहेको बिरोधमा आक्रोसित विद्यार्थीहरुले बिहीबार प्रदर्शन र तालाबन्दी गरेका छन् । सिन्डीकेट खारेजीको माँग गर्दै विभिन्न विद्यार्थी संगठनकहरुको अगुवाइमा विद्यार्थीहरुले नगरमा प्रदर्शन गर्नुका साथै सिन्डीकेट लागु गरि पाठ्यपुस्तक बिक्रि भइरहेको गजेन्द्र चौकस्थित पुस्तक महल नामक पुस्तक पसलमा तालाबन्दी गरेका हुन् । ..... विस्तृत
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण 2076/01/10 नयाँ शैक्षिक सत्र सुरु भएको १० दिन बितिसकेको छ । तर, सप्तरीमा निजि विद्यालयका विद्यार्थीहरुले अझैं पाठ्यपुस्तक पाउन सकिरहेका छैनन् । कारण हो, पुस्तक बिक्रिमा सिन्डीकेट प्रणाली ।  यहाँका केही पुस्तक पसलेहरुले नयाँ शैक्षिक सत्रको पाठ्यक्रम अनुसारको पुस्तक बिक्रिका लागि सिण्डिकेट लगाउँदै एकलौटी गर्न खोजेका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ आवद्ध केही व्यापारीहरुले बजारमा एकल बर्चश्व कायम गर्दै पुस्तकमा सिन्डीकेट लादेका हुन् । जसकारण व्यापारीको मनोमानीले अभिभावक महंगो पुस्तक किन्न बाध्य छन् । .... विस्तृत