संस्थागत विद्यालयहरु मर्कामा पर्दै  गइरहेको भन्दै प्रजिअलाई ज्ञापन 2076/01/08  संस्थागत विद्यालयहरु मर्कामा पर्दै गइरहेको भन्दै संस्थागत विद्यालयका छाता संगठनहरुले सात बुँदे विभिन्न सुझाव एवं माँग अघि सार्दै आइतबार प्रमुख जिल्ला अधिकारी समक्षा ज्ञापन पत्र बुझाएका छन् ।  प्याबशनका अध्यक्ष देवानन्द चौधरी, नेपाल प्याबशनका अध्यक्ष दिनेश कुमार यादव र एन प्याबशन सप्तरीका अध्यक्ष बौकु साहद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापन पत्रमा अनाधिकृत रुपमा संचालित कक्षाहरु एवं विद्यालयहरु, जथाभावी रुपमा विद्यालय संचालन अनुमति, अस्वस्थ प्रतिस्पर्धा, सामुदायिक विद्यालयहरुले अनियमित रुपमा कक्षा ८ को बोर्ड परिक्षाको समयमा बोर्डिङ्गका बच्चाहरुलाई भर्ना लिनु इएमआइएस प्रणालीको वेवास्ता आदिले संस्थागत विद्यालय मर्कामा पर्ने गरेको जनाइएको छ । .... विस्तृत