प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक 2075/12/21  प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानले प्रहरी नै सो घटनामा संलग्न रहेको खुलासा गरेको छ । प्रहरी साथीलाई पास गराउने तथा प्रश्नपत्र बिक्री गरेर आर्थिक लाभ गर्ने उद्देश्यले प्रश्नपत्र चोरी गर्ने काम भएको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ ।     सामाजिक अध्ययन विषयको प्रश्नपत्र एक हजारदेखि १२ सयसम्म रुपैयाँ लिएर म्यासेन्जरमार्फत बिक्री गरेको अनुसन्धानको क्रममा खुलेको छ ।.... विस्तृत