घरेलु मदिरा र उत्पादन गर्ने भट्टी नष्ट गर्दै प्रहरी 2076/09/12 राजविराज÷सप्तरी प्रहरीले समाजमा बढ्दै गएको चोरी, झगडा लगायतको अपराधिक घटना न्युनिकरणका साथ साथै घरेलु मदिरा नियन्त्रण तथा मदिरा भट्टी नष्ट गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ ।  एक महिना यता राजविराज नगरपालिकाका विभिन्न वडाका साथै, बोदेबसाईन नगरपालिका, खडक नगरपालिका, अग्निसाईर कृष्णासवरण गाउँपालिका लगायतका स्थानमा रहेका दुई दर्जन भन्दा बढी मदिरा भट्टीबाट ५ हजार लिटर भन्दा बढी घरेलु तयारी मदिरा तथा कच्चा पदार्थ नष्ट गरिनुका साथै मदिरा बनाउन प्रयोग गरिने उपकरण तथा भाडाकुँडा ठूलो परिमाणमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ..... विस्तृत

 

ताजा अपडेट