एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता  2075/12/08  सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा माध्यमिक परिक्षा समितिका अध्यक्ष सुरेन्द्र पौडेलले एसइई परिक्षालाई मर्यादित तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन सम्पुर्ण केन्द्राअध्यक्षलाई जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन ।  शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीद्वारा शुक्रबार आयोजित एसईई २०७५ केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम उनले सो कुरामा जोड दिर्दै परिक्षालाई स्थानिय तहसँग पनि समन्वय गरेर सप्तरीमा नमुना मर्यादित परीक्षा सम्पन्न गराउने केन्द्राध्यक्षलाई पुरस्कृत समेत गरिने बताए ।..... विस्तृत
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता 2075/12/05  प्रदेश २ को प्रथम आवधिक योजना तयार गर्नका लागि सप्तरी तथा सिरहाका जनप्रतिनिधिहरू सँग एक दिने आधारपत्र तर्जुमा कार्यशाला गोष्ठीको मंगलबार राजविराजमा सम्पन्न भएको छ ।  प्रदेश २ को आर्थिक मामिला तथा योेजना नीति आयोगको आयोजनमा तथा समुन्नती तथा युकेएडको सहयोगमा आधारपत्र कार्यशाला गोष्ठी सम्पन्न भएको हो । सो अवसरमा कृषि भुमी ब्यबस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आवधिक योजना तर्जुमाका लागि आधार पत्र तयार गरी पञ्चबर्षिय योजना बनाउने प्रदेश सरकारको नीति रहेको बताएका छन् । ..... विस्तृत

 

ताजा अपडेट