अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित 2075/08/24  स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले संघीय निजामति कर्मचारीहरुलाई प्रदेश तथा स्थानिय तहमा समायोजन गर्दा अपनाईने सिद्धान्त व्यवहार र मापदण्डकै आधारमा साविक स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई समेत अध्यादेशमा संशोधन, परिमार्जन गर्ने व्यवस्थाको माँग गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।      राजविराज नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले सोमबार विभिन्न माँगहरु तथा आन्दोलनका कार्यक्रम सम्मिलित ज्ञापनपत्र नगरपालिकाका निमित्त कार्यालय प्रमुख राजेश कुमार राजलाई बुझाएका छन् । .... विस्तृत
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व 2075/08/23 राजविराज उच्च अदालत बार एशोसिएशन सप्तरीको नयाँ कार्य समितिका लागि सम्पन्न निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक सूमहका उम्मेदवार अधिवक्ता रमानन्द साह निर्वाचित भएका छन् ।  उनले १ सय १९ मत ल्याई प्रतिद्वन्द्वी प्रगतिशिल समूहका अधिवक्ता पूण्यप्रसाद यादवलाई पराजित गरे । अधिवक्ता यादवले ८१ मत पाएका थिए ।     १३ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट ११ तथा प्रगितिशिल समूहका दुई जना निर्वाचित भएका छन् भने ११ जना केन्द्रिय पार्षदमा लोकतान्त्रिक समूहका ९ तथा प्रगतिशिल समूहका दुई जना निर्वाचित भए । यसअघि महिला सदस्यमा प्रगतिशिल समूहका पार्वती कुमारी राउत निर्विरोध निर्वाचित भएकी थिइन् ।.... विस्तृत
नेपाल सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न 2075/08/23 नेपाल सहकारी संस्था लिमिटेड राजविराजको १६ औं साधारण सभा शनिबार राजविराजमा सम्पन्न भएको छ ।  आयोजित सभामा अध्यक्षीय प्रतिवेशन पेश गर्दै संस्थाका अध्यक्ष शत्रुधन गुप्ताले संस्थाले आ.ब. २०७४÷७५ मा ३३ करोड २९ लाख ३४ हजार ७ सय ७५ रुँपैया ८ पैसा निक्षेप संकलन गरि ३१ करोड ५२ लाख २६ हजार ७५ रुँपैया फिर्ता गरेको तथा ४५ करोड २३ लाख १५ हजार ७ सय ५४ रुँपैया ऋण लगानी गरेको जनाएका छन् ।      यस्तै उक्त ऋण लगानी मध्येबाट ४२ करोड ६६ लाख १९ हजार ८ सय १६ रुँपैया असुल उपर गरी संस्थालाई ३६ लाख ७७ हजार १ सय ६८ रुँपैया ६९ पैसा खुद नाफा गरेको जनाइएको छ ।  यस्तै प्रतिवेदनमा चालु आ.ब.मा संस्थाको कार्यालय प्रयोजनका लागि आफ्नो जग्गामा भवन निर्माणको प्रक्रिया सूचारु गर्ने जनाइएको छ । .... विस्तृत
आईडियलको मुनाफा एक करोड ७५ लाख 2075/08/22  राजविराज÷आईडियल सहकारी संस्था लिमिटेड राजविराजले १ करोड ७५ लाख २६ हजार ६ सय मुनाफा गरेको जनाएको छ ।   संस्थाको शनिबार १९ औं साधारण सभा मनाउने क्रममा संचालक समितिका अध्यक्ष गणेश कुमार आसले सो जानकारी दिएका हुन् ।      यस्तै संस्थाले आप्mना धेयर धनीलाई १८ प्रतिशतका दरले लाभांस वितरण गर्ने घोषणा समेत गरेको छ ।      साधारण सभामा अध्यक्षीय प्रतिवेदन पेश गर्दै अध्यक्ष आसले सहकारी ऐनको परिधि भित्र रही सम्पूर्ण शेयर सदस्यहरुलाई १८ प्रतिशका दरले लाभांस प्रदान गरिने बताए । लाभांस वापतको रकम पुस १ देखि सम्बन्धित सवै शेयर धनीको खातामा जम्मा हुने उनले जानकारी समेत दिए ।      सो प्रतिवेदनमा ४२ जना सदस्यले सुरु गरेको उक्त संस्थामा हाल ११ हजार ५ सय १२ जना सदस्य पुगेको उल्लेख छ । .... विस्तृत
त्रिवि प्राध्यापक संघको निर्वाचनबाट  ११ सदस्यीय पदाधिकारी निर्वाचित 2075/08/22 राजविराज÷त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको छ ।  एकल संक्रमणिय पद्दतीद्वारा सम्पन्न निर्वाचनले ११ सदस्यीय नयाँ कार्य समितिका लागि पदाधिकारीहरु चयन गरेको छ ।     सम्पन्न निर्वाचनको मतगणना अनुसार रामअशिष यादव, शिवनारायण यादव, उमेश प्रसाद यादव (रसायन शास्त्र), सुमन प्रसाद सिंह, उमेश कुमार यादव (भौतिक शास्त्र), सुरेश कुमार साह, महानन्द झा, मानस कुमार अधिकारी, राजिव कुमार मिश्र, बुलबुल चौधरी र शिवेन्द्र बहादुर सिंह निर्वाचित भएको निर्वाचन समितिका सदस्य सुरेन्द्र प्रसाद गुप्ताले जानकारी दिएका छन् । .... विस्तृत
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै 2075/08/22  नागरिकता प्रमाणपत्र प्रदान गर्ने निकायको चरम लापरवाहीका कारण सप्तरीकी एक महिलाले पीड भोग्नु परेको छ ।  नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको धुम्लिएको फोटो परिवर्तन गर्न मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरवाही देखिएको हो ।      सप्तरीको साविकको बेल्ही चपेना गाविस वडा नं. ४ निवासी अमरिकादेवी मण्डलले पाएको नागरिकतामा धुम्लिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरवाही उदाङ्गो भएको हो ।      उनले २०६३ साल फागुन १८ गते जिल्ला प्रशासन कार्यालयको टोली मार्फत नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी थिइन् । तर, सो नागरिकतामा नागरिकता प्रमाणपत्र नं. नै उल्लेख गरिएको छैन् । तत्कालिन टोली प्रमुख रबिन्द्र कुमार महथाको हस्ताक्षर रहेको सो नागरिकता प्रमाणपत्र बंशजको आधारमा दिइएको थियो । .... विस्तृत
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन 2075/08/22  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि जुडो  र क्रिकेट खेलाडीहरुको छनौट गरिएको छ ।  जिल्ला खेलकुद विकास समिति सप्तरीमा आयोजित जुडो खेलाडी छनौट प्रतियोगिताबाट १५ जना प्रदेश नं. २ बाट जुडो खेलाडीहरुलाई छनौट गरिएको हो ।      छनौट भएकाहरुमा ९ जना पुरुष र ६ जना महिला खेलाडीहरु रहेको छनौट समितिका नविनित कुमार झाले जानकारी दिएका छन् ।      छनौट भएका पुरुष खेलाडीहरुमा अमित कुमार राम, पंकज चौधरी, सन्तोष चौधरी, अनिल कुमार यादव, महेश कुमार यादव, राजेन्द्र प्रसाद यादव, सन्तोष कुमार चमन, आनन्द कुमार शर्मा र धरन्जय कुमार यादव रहेका छन् । ..... विस्तृत
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ” 2075/08/21 प्रेस काउन्सिल नेपालले आयोजना बिहीबार राजविराजमा पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ, सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले प्रेस काउन्सीलले पत्रकारहरुसँग विभेद गरिरहेको आरोप लगाएका छन् । मोफसलका संचारमाध्यमहरुलाई काउन्सीले विभिन्न आचार सहिंता लगाए पनि ठूला मिडिया हाउसले उलंघन गरे पनि काउन्सील मुकदर्शक बन्ने गरेको वक्ताहरुको आरोप छ ।      कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस काउन्सीलका पूर्वसदस्य अनिल कुमार अनलले मोफसलका संचारमाध्यमहरुमा श्रमजिवि ऐन खारेज गर्नुपर्ने सुझाव दिँदै मोफसलका पत्रिकाहरुले जसोतसो पत्रकारिता संचालन गरिरहँदा काउन्सीलले उनीहरुको पत्रिका संचालनका लागि सरकारी विज्ञापन उपलब्ध गराउनेतर्फ कुनै ध्यान नदिएको आरोप लगाए । ..... विस्तृत
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण 2075/08/21 प्रदेश सभा सदस्य रुबी कुमारी कर्णले राजविराज ९ स्थित दलित विद्यार्थीको घर घर पुगी आवश्यक जानकारी लिएकी छिन । जिल्लामा भर्ना अभियानका वेला विभिन्न राजनीतिक दलका पदाधिकारी, सासद, मन्त्रि र पुर्व मन्त्रिहरुले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु विभिन्न समस्याले गर्दा विद्यालय सम्म नपुगि रहेको गुनासो आईरहेको वेला सांसद कर्ण आफु र आफुसगै मन्त्रि र पुर्व मन्त्रिले  अभिभावकत्व ग्रहण गरेका  विद्यार्थीहरुको अवस्था वुझन घर घर पुगेकी हुन ।      गत ५ बैशाखमा श्री राष्ट्रिय प्राथमिक विद्यालय गढिया मलेठमा भएको सार्वजनिक भर्ना अभियान कार्यक्रममा सांसद कर्णले स्थनिय सुरज कुमार सदाको अभिभाकत्व ग्रहण गरेकी थिइन भने  शिक्षा मन्त्रि गिरिराज मणि पोखरेलले टिंकु मरीक, पूर्व शान्ती मन्त्री विश्वनाथ साहले श्याम सुन्दर सदा, पूर्व शिचाई मन्त्री उमेश कुमार यादवले राजा कुमार सदा र राजविराज नगरपालिकाको प्रमुख शम्भु प्रसाद यादवले कुलानन्द सदाको अभिभावकत्व ग्रहण गरेका थिए ।.... विस्तृत