सप्तरीका देव र चौधरी बने मन्त्री, देउवा सरकारमा १९ मन्त्री थपिएपछि मन्त्रीमण्डलको संख्या २७ पुग्यो 2074/04/12 दैनिक समाचारदाता राजविराज, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बुधबार १९ मन्त्री थपिएको छ । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय मन्त्रीमण्डल भएको छ । सो मन्त्रिमण्डलमा सप्तरीका दुई जना सांसद मन्त्री भएका छन् । नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेकपा संयुक्तकी मिथिला चौधरी जनसंख्या तथा वातावरण मन्त्री बनेकी छिन् । यी दुबै जना दोश्रो संविधानसभामा समानुपातिकबाट सभासद् भएका थिए ।.... विस्तृत
रहस्यमय तरीकाबाट मृत्यु भएका देवको बास्तविकता पत्ता लगाउन आग्रह 2074/04/07 दैनिक समाचारदाता राजविराज, ६ साउन । करिब २ वर्षअघि रहस्मय तरीकाबाट मृत्यु भएका राजविराज नगरपालिका वडा न. ७ का जितेन्द्र नारायण देव घटनाको निष्पक्ष छानबिन तथा शहिद घोषणा गर्नुपर्ने माँग गरिएको छ । पीडितका भाई चन्द्र नारायण देवले शुक्रबार विज्ञप्ती प्रकाशन गरी देवको रहस्यमय तरीकाबाट हत्या भएको २१ महिना बित्तिसक्दा पनि हालसम्म कुनै प्रकारको कार्य र अनुसन्धान प्रक्रिया अगाडी नबढेको तथा प्रहरी प्रशासनले उल्टै शंकास्पद तरीकाले देखिने गरेको सो घटनाको वास्तविक छानबिन हुनुपर्ने माँग गरिएको छ ।.... विस्तृत
एम्नेष्टीको आप्रवासी श्रमिकहरुको अधिकार सम्बन्धि प्रचारात्मक र चेतनामुलक अभियान सम्पन्न 2074/04/07 दैनिक समाचारदाता राजविराज, ६ साउन । एम्नेष्टी इन्टरनेशनल नेपालले शुक्रबार राजविराजमा आप्रवासी श्रमिकहरुको अधिकार सम्बन्धि प्रचारात्मक र चेतनामुलक अभियान “क्याराभान” कार्यक्रम आयोजना गरेको छ । आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले मुलुकमा बर्षेनी ४ लाख भन्दा बढी युवाहरु बैदेशिक रोजगारीको लागि विभिन्न खाँडी मुलुकहरु जाने गरेकाले ठगिने प्रवृतिदेखि लिएर उचित रोजगारी, श्रम अनुसारको परिश्रामिक नपाउने जस्ता समस्याहरु खेप्नुपरीरहेकोले सोमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।.... विस्तृत

 

ताजा अपडेट