बिदेशी बुहारीले विवाह गर्ने वित्तिकै नागरिकता पाउनु पर्ने माग 2072/02/32 दैनिक संवाददाता राजविराज, ३१ जेठ । बिदेशी बुहारीको हकमा विवाह हुने बित्तिकै नागरिकता पाउने प्रावधानलाई कायम गर्नुपर्ने चार राजीनतिक दलसँग विभिन्न संघ संस्थाहरुले माग गरेका छन् । शान्तिका लागि साझा अभियान कोक्यापका जंग बहादुर सिंह, सेतु सामुदायिक विकास तथा मानवअधिकार मंचकी अध्यक्ष आभासेतु सिंह, महिला अधिकार मंचकी ललिता चौधरी, मधेशी महिला वकालत मंचकी प्रभा साह, नियोककी चन्दन कुमारी र महिला लोकतान्त्रिक संजालकी किरण यादवले आईतबार संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी सो माग गरेका हुन ।...... विस्तृत
दिघवा गाविस पनि खुल्ला दिसा मुक्त क्षेत्र हुने 2072/02/26 दैनिक संवाददाता राजविराज, २५ जेठ । १६ औ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा सोमबार सप्तरीको दिघवा गाविसमा साँस्कृतिक कार्यक्रमको माध्यमबाट जनचेतना फैलाएको छ । “सप्तरीबासी पनि कम छैनन् सन २०१६ भित्र जिल्लालाई खुल्ला दिशा मुक्त नगरी छाडदैन्” भन्ने मुल नाराका साथ विपतीको बेला पनि सफा राखौं धर्ती उद्देश्यका साथ खानेपानी तथा सरसफाई स्वच्छा समन्वय समिति सप्तरीको आयोजनामा दिघवा गाविसमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागिहरु सन २०१६ भित्रै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने सामुहिक रुपमा प्रतिवद्धता जनाएका छन् ।...... विस्तृत

 

ताजा अपडेट