आन्दोलनकारीद्वारा प्रहरीको मोटरसाइकलमा आगजनी प्रहरीको संरक्षणमा यात्रुद्वारा भारदहमा घरघरमा पसेर कुटपिट राजविराजमा पनि प्रहरीले घरघरमा पसेर सर्वसाधारणलाई कुटे 2072/08/08 दैनिक संवाददाता राजविराज, ७ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको शान्तिपूर्ण राजमार्ग अवरुद्ध आन्दोलनका क्रममा शनिबार राती दुई तथा आइतबार बिहान दुई जना गरि चारजनाको मृत्यु भए पश्चात् सप्तरीमा आन्दोलन झनै चर्किएको छ । स्थानिय प्रशासनले आइतबार बिहानदेखी सप्तरीको भारदह, रुपनी र राजविराजमा लगाएको अनिश्चितकालिन कर्फ्युको अवज्ञा गर्दै आन्दोलनकारीहरुले सोमबार बिहान सप्तरीको भारदहमा प्रहरीले चलाएको मोटरसाइकल खासेर जलाइदिएका छन् । ..... विस्तृत
उदाउँदो सूर्यलाई अर्घ दिई छठ सम्पन्न लगत्तै भारदह र पोर्ताहामा प्रदर्शन सुरु 2072/08/03 दैनिक संवाददाता राजविराज, २ मंसिर । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।..... विस्तृत

 

ताजा अपडेट