भारतीय प्रम मोदीद्वारा साढे तीन मिनेट नेपाली भाषामा संसदलाई सम्बोधन भारतद्वारा १० हजार करोड नेपाली रु“पैया सहयोग 2071/04/19 दैनिक संवाददाता राजविराज, १८ साउन । “नेपाल आउन पाएकोमा अत्यन्त हर्षित छु, धेरै धेरै वर्षअघि एक तिर्थायात्रीको रुपमा आएको थियो । यो भनाई की एक पटक तपाईले नेपालको भ्रमण गर्नु भयो भने यो जिवन परियन्त सम्बन्धमा बदलन्छु । प्रथमतह यो सुन्दर देशको साथीको रुपमा म फेरी फर्केर आएको छु । भारतको प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा बास्तवमा मैले भाग्यशाली महसुस गर्छु । यो यस्तो यात्रा थियो जुन प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने वितिक्कै गर्न चाहन्थे किनकी हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकता मध्ये हो । निमन्त्रण गर्नु भएकोमा म सरकार र नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु । मसँगै मैले १ सय २५ करोड भारतीय जनताको माया, शुभकामना र सद्भावना लिएर आएको छु ।” यो वाक्यसँगै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले आइतबार नेपालको संसदमा नेपाली भाषाबाटै सम्बोधन सुरु गर्नुभएको हो । ... विस्तृत

 

ताजा अपडेट