दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन 2078/08/27  सप्तरीको महादेवा गाउँपालिका १ स्थित दुई वटा विद्यालयमा भवन निर्माण कार्यको लागि उपभोक्ता समिति मनोमानी ढंगबाट बनाउने गरिएको खुलासा भएको छ ।  महादेवा गाउँपालिका १ स्थित नरबहादुर थापा जनता मा.वि. पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विदालय सोनरामा प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहको संसदीय विकाश कोषवाट ८० लाखको ४ कोठे भवन उपभोक्ता समितिको सूचना स्थानिय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नाता गोता पार्टीका कार्यकर्ता लगायतलाई राखेर बनाउने गरिएको पाइएको छ । .... विस्तृत
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे 2078/08/25 सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीमा पशु चौपायामा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरेका छन् ।  एक सातायता पशु चौपायामा मुखमा घाँउ हुने, ¥याल बग्ने, खुट्टामा घाँउ हुने लगायतका लक्षण देखिएको र सोही कारणले मर्न थालेको पीडित पशुपालकहरुले जानकारी दिएका छन् ।     पशुपालक योगेन्द्र यादवका अनुसार कुनै पशुलाई मुखमा घाँउ हुने, कसैलाई अत्याधिक ¥याल बग्ने त कसैलाई खुट्टामा घाँउ हुने लगायतको संक्रमण देखिएको छ । अर्का पशुपालक किशोर कुमार यादवले गाउँका थुप्रै पशुचौपायामा यस्तो समस्या देखिएको बताए । ..... विस्तृत

 

ताजा अपडेट