जनमत पार्टीको सभामा वडा अध्यक्षद्वारा आक्रमण 2078/09/12  सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिकामा शनिबार जनमत पार्टीद्वारा  आयोजित कोणसभामा पार्टीका नेता कार्यकर्ताहरुमाथी आक्रमणको प्रयास हुनुका साथै मोटरसाइकल तोडफोड गरिएको छ ।  पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहद्वारा आइतबार जारि विज्ञप्तिमा सोही नगरपालिका वडा नं. ११ स्थित सामुदायिक भवनमा शनिबार आयोजित पार्टीको कोणसभालाई लक्षित गरि वडा अध्यक्ष मोहिनारायण यादवको नेतृत्वमा एक समूहले धारिलो हतियारसहित आक्रमण गर्दा मोटरसाइकलमा क्षति तथा पार्टीका पालिका सहसचिव मण्डललाई चोट लागेको जनाइएको छ । ..... विस्तृत
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक 2078/09/07 प्रहरीलाई नागरिकमैत्री बनाउनकालागि नेपाल प्रहरीले ‘मुस्कानसहितको प्रहरी सेवा’ सुरु गरेको वर्षौ भइसक्दा पनि अझैं कार्यान्वयनमा आएको छैन् । ‘मुस्कानसहितको प्रहरी सेवा’ मात्रै होइन्, नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ लगायतका नारा पनि नागरिकमैत्री बन्नैका लागि ल्याएको हो । तर, ती सबै नाराहरु नेपाल प्रहरी मातहतमै रहेको ट्राफिक प्रहरीले कागजमै सीमित राखेको गुनासो बढ्न थालेको छ ।  ती नाराहरु मनन् गर्दै सर्वसाधारणप्रति उत्तरदायित्व बहन गर्नु पर्नेमा सप्तरी सदरमुकाम राजविराजमा ट्राफिक प्रहरीले मनपरी ढंगले दुःख दिने गरेको गुनासो बढ्न थालेको हो । घटना हो, बुधबार बिहान करिब ९ बजेको ।..... विस्तृत

 

ताजा अपडेट