उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा 2078/07/22 उद्योग बाणिज्य संघ सप्तरीको नयाँ नेतृत्वका लागि आउँदो मंसिर ४ गते निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागि शुभकामना आदान प्रदान कार्यक्रम मार्फत उम्मेदबारहरुले धमाधम आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् ।  संघका उपाध्यक्ष शंकर दासले आइतबार सोही कार्यक्रम मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केही दिन अघि मात्र तिहार र छठ पर्वको अवसर पारेर यस्तै कार्यक्रम मार्फत उद्योगि लालुप्रसाद अग्रवालले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि संघका पूर्वअध्यक्ष मनोज मुन्धडाले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । .... विस्तृत

 

ताजा अपडेट