कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित 2079/05/18 राजविराज÷बलराम सेवा समिति केन्द्रिय कार्यालय राजविराजले हालै सम्पन्न स्थानिय तह निर्वाचनमा निर्वाचित प्रतिनिधि तथा वरिष्ठ समाजसेवी जोगेन्द्र भगतलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।  समितिद्वारा शुक्रबार राजविराजमा आयोजित कलवार जातिको कुल देवताको रुपमा रहेका बलराम भगवानको पुजाको अवसरमा सो सम्मान गरिएको हो । यो पूजा प्रत्येक वर्षको भदौ शुक्ल षष्ठीको दिन मनाइने गरिन्छ ।  आयोजित सम्मान कार्यक्रममा समितिका महासचिव अनिलकुमार अनलले विगत लामो समयदेखी जिल्लामा समाजसेवामार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल वरिष्ठ समाजसेवी एवं दानबिर तथा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष जोगेन्द्र भगतलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरे । ..... विस्तृत

 

ताजा अपडेट