ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो 2078/08/05  सप्तरीको राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्थाले गत आर्थिक वर्षमा २५ करोड रुपैयाँको कारोवार गरेको छ । संस्थाको आइतवार सम्पन्न २१ औं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार २५ करोड १५ लाख ९५ हजार २३७ रुपैयाँको कारोवार गरेको जनाइएको छ । सोही आर्थिक वर्षमा संस्थाले १० लाख ३४ हजार ९३७ रुपैयाँ मुनाफा गरेको अध्यक्ष सुखराम यादवद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । मुनाफामध्ये २ लाख ३१ हजार ३०९ रुपैयाँ शेयर लाभांश कोष गएको छ भने बाँकी अन्य कोषमा बाँडफाँड गरिएको प्रतिवेदनले देखाएको छ । .... विस्तृत

 

ताजा अपडेट