शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन 2082/02/07 सप्तरी जिल्लामा शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको भन्दै प्याव्सन र एन प्याव्सन सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।  प्याव्सन सप्तरी अध्यक्ष उग्रकान्त झा र एन प्याव्सन सप्तरी अध्यक्ष नरेशप्रताप साहले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारि गर्दै जिल्लामा अनुमति नै नलिई र अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना गराएर नीजि विद्यालयहरुले विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ । .... विस्तृत
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर  2082/02/01  सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत, लेखापालसहित ८ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ ।  १० वटै वडामा भएको उच्चस्तरीय पोललाईट जडान कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, लेखापाल अनिता परियारसहित ८ जना विरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आरोपपत्रमा समेटिएका मध्ये ७ जना कर्मचारी र एक जना निर्माण कम्पनीका प्रोपराईटर छन् ।.... विस्तृत
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै 2082/01/30 लामो समयदेखी राजविराज स्थित भूमिसुधार तथा मालापोत कार्यालय सप्तरीको हाताभित्र लेखापढी व्यवसायीहरुले सरकारी निर्णयको अवज्ञा गर्दै आइरहेका छन् । कार्यालय परिसर भित्रै टहरा निर्माण गरि नियम विपरीत लेखापढी व्यवसायीहरुले आ–आफ्नो गतिबिधी संचालन गरि कार्यालयको आदेश समेतको अवज्ञा गर्दै आइरहेको हो ।  नेपाल लेखापढी कानुन व्यवसायी एसोशिएसन मालपोत इकाई समिति राजविराजले जग्गा खरीद बिक्रि, रजिष्ट्रेशन, दाखा, नामसारी, जग्गा रोक्का लगायत मालपोतबाट हुने कार्यका लागि सेवाग्राहीबाट बैंक रोक्का (दृष्टिबन्धक) वापत रु. २ हजार पाँच सय, राजिनामा लेखत वापत रु. ३ हजार तथा दाखिल, खारेजी लगायत वापत रु. ५ हजारसम्मको दरले शुल्क लिई रसिद थमाउँदै गरेको सेवाग्राहीको गुनासो छ ।  .... विस्तृत

 

ताजा अपडेट