पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव 2081/10/04 जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा कसैलाई जिताउन र कसैलाई हराउन आप्mनो पार्टीको कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन । पार्टीका अध्यक्ष डा.सिके राउतकी पत्नी सोनी सिन्धुरानीले सामाजिक सञ्जाल मार्फत नेपाल पत्रकार महासघ शाखा सप्तरीको गत मंसिर २८ गते भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका बैद्यनाथ यादवलाई हराउन जनमत पार्टीले पैसाको चलखेल गरेको भनी लगाएको आरोपको खण्डन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन । ..... विस्तृत
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु  2081/09/26  चिसोले जनजीवन कष्टकर बन्दै गएका बेला सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले चिसोबाट अत्यधिक प्रभावित भएका विपन्न वस्तीमा पुगेर न्यानो बाँड्ने अभियान शुरु गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेवर्साइन नगरपालिका, सप्तकोशी नगरपालिकाका साथै तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बलान विहुल गाउँपालिका लगायतका विभिन्न चौक र विपन्न वस्ती मै पुगेर न्यानो कपडा र कम्बल वितरण गर्नुका साथै ठाउँ ठाउँमा दाउरा बालेर आगो ताप्ने व्यवस्था समेत मिलाउन थालेको हो । ..... विस्तृत

 

ताजा अपडेट