rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • योग दिवस मनाइयो
  • मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
  
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता 2082/04/10 राजविराज÷राजविराज ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर विगत १८ दिनदेखी वेपत्ता भएका छन् । चिया खाएर आउँछु भनि काम गर्ने कम्पनीबाट निस्केका सप्तरीको खडक नगरपालिका ३ घर भएका ५८ वर्षिय उपेन्द्र कुमार भगत वेपत्ता भएका हुन् । उनी विगत २० वर्ष देखि उक्त कम्पनीमा काम गर्दे आएका थिए ।.... विस्तृत
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै 2082/04/10   राजविराज÷पुरानो बजारको विकास, विस्तार तथा प्रचार प्रसार गर्ने उद्देश्यले सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका १ जण्डौलस्थित तपेश्वरी बजार क्षेत्रमा श्रावण ११ गते आइतवारदेखि प्रथम तपेश्वरी मिनि महोत्सव २०८२ सुरु हुने भएको छ ।  महोत्सवका आयोजक फुटबल क्लव जण्डौलले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी १ भाद्र (२० दिन) सम्म चल्ने महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।... विस्तृत
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा 2082/04/09 मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताए ।  .... विस्तृत
शिक्षक राय मृत फेला  2082/04/09  बिहीबार साँझदेखी हराइरहेका सप्तरीका एक शिक्षक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बस्ने २७ वर्षिय रामकिशुन राय शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार उनी बिहीबार साँझदेखी परिवारजनसँग सम्पर्कबिहीन भएका थिए । .... विस्तृत
तस्करीका सामानसहित मेहता पक्राउ 2082/04/09  भारतबाट तस्करी भई आउँदै गरेको रंगपेन्ट्स तथा पानी तान्ने मोटर लगायतका सरसामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाचका क्रममा राजविराज ४ स्थित कुनौली मोड नजिकबाट रंगरोघन पेन्ट्स तथा पानी तान्ने मोटरसहित सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने २४ वर्षिय विष्णुकुमार मेहतालाई पक्राउ गरेको हो । .... विस्तृत
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा 2082/04/07 मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मधेस प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसअघि गत असार २६ गते मधेश प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।  मधेस प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेपछी गृहमन्त्री रमेश लेखकको प्रस्तावमा उक्त निर्णय गरिएको हो ।.... विस्तृत
वर्षा नहुँदा धान रोपाई प्रभावित 2082/04/06  साउन महिनाको पहिलो साता सम्म पनि वर्षा नहुँदा धान रोपाई प्रभावित भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा मात्र ३२ प्रतिशत धान रोपाई भएको छ । आवश्यक सिंचाईको सुविधा जिल्लामा नभएकोले रोपाइू हुन नसक्दा यहाूका किसानहरु चिन्तित बनेका छन् । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका किसान पानी नपरेको कारण रोपाई गर्न सकेको छैन् भने बोर्डिङ्ग र मोटरको प्रयोगबाट सिंचाई गरेर रोपिएको खेतमा पनि धान सुक्न थालेको छ ।.... विस्तृत
परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन 2082/04/06  महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट विभिन्न परीक्षाको केन्द्र लहानस्थित जेएस मुरारका क्याम्पसमा सारिएको बिरोधमा मंगलबार स्वावियुको नेतृत्वमा सडक आन्दोलन गरिएको छ । बदनियतपुर्ण तरिकाले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा विद्यार्थीहरू चर्को नारावाजी गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले क्याम्पस हाताभित्र टायर बालेर प्रदर्शन गरेका छन् । .... विस्तृत
विपी स्मृतिमा वृक्षा रोपन 2082/04/06  ४३ औँ विपी स्मृति दिवसको अवसरमा मंगलबार वृक्षा रोपन कार्यक्रम गरिएको छ ।  जिल्लाको तिलाठी कोईलाठी गाउँपालिका वडा नं. ८ स्थित तोपा प्राथिमक स्वास्थ्य केन्द्र, वडा नं. ८ को कार्यालय परिसर र सकरपुरस्थित राष्ट्रिय प्रथमिक विद्याललय मुखिया टोलमा बृक्षा रोपन कार्यक्रम गरिएको हो ।.... विस्तृत
युवक मृत फेला  2082/04/06 सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।  वडा नं. ३ स्थित मटिगढा रामजानकी टोलमा मंगलबार स्थानीय २२ बर्षीय  गोलु भन्ने कृष्ण कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् ।.... विस्तृत
नगर सल्लाहकार समितिद्वारा अनुगमन 2082/04/06 समुन्नति कार्यक्रम अन्र्तगत सबल नेपालले सप्तरीको पश्चिमी भेगको खडक नगरपालिकामा गरेका कार्यको सोमबार अगुनमन गरिएको छ  ।  नगर कार्यक्रम सल्हाकार समितिद्धारा अनुगमन तथा समिक्षा बैठक गरि जिल्लाको खडक नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमन गरिएको हो ।  .... विस्तृत
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद 2082/04/06 सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामानहरु बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ महेन्द्र राजमार्ग स्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ८३ हजार ७६ मुल्य बराबरको विभिन्न किराना सामानहरु बरामद गरेको हो ।  .... विस्तृत
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो 2082/04/01  उच्च अदालत जनकपुर–राजविराज इजलाशले इतिहासमै पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झार्न सफल भएको छ । अदालतले हालसम्म कै सबभन्दा बढी ७२ दशमलब ७ प्रतिशत मुद्दा समेत फच्र्छौट गर्न सफलता पाएको छ । .... विस्तृत
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार 2082/03/31  भारतको गुजरात राज्यमा यातना भोगिरहेका पाँच जना नेपाली मजदुरको उद्धार गरि परिवारको जिम्मा लगाइएको छ  ।  सप्तरीको तिरहुत गाउँपालिका ४ र हनुमाननगर कंकालिनी नगरपालिका ८ का गरि पाँच जना मजदुरीको सिलसिलामा गुजरातको बनासकांठा जिल्लास्थित जोहरापुरा गाउँमा रहेको रामदेव कोल्ड स्टोरमा काम गर्न गएका थिए ।.... विस्तृत
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तजनले सोमबार राजविराज नगरपालिकाको मुल गेटमा ताला लगाउँदै अनिश्चितकालिन धर्नामा बसेका छन् । सप्तरीको बोदेवरसाइन नगरपालिका १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरूले नगरपालिकाको मुल गेटमा ताला लगाएका हुन् ।.... विस्तृत
सामुदायिक खानेपानीमा करछुटको माग 2082/03/30  खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कर छुट हुने कानुनी व्यवस्था गर्न माग गर्दै सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन बुझाइएको छ ।  खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल सप्तरीका अध्यक्ष संजय कुमार यादवले प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन बुझाइएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 17
  • 18
  • 19
  • 20
  • 21
  • 22
  • 23
  • ...
  • 579

ताजा अपडेट

  • 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • 2082/10/01 योग दिवस मनाइयो
  • 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.