“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी 2080/07/01    राजविराज नगरको ठूलै समस्याका रुपमा देखा परेको मुख्य बजार, मेनरोड र आसपासका ६८ विघा जग्गाको जग्गाधनीलाई यसै आर्थिक वर्षबाट जग्गाधनी पुर्जा प्रदान गर्ने कार्य सूरु गर्ने नगरसभाले निर्णय गरेको छ ।  बुधवार पहिलो पटक कार्यालय बाहिर नगरको मुटुमै रहेको भगवती मन्दिर पोखरी परिसरमा दशै, तिहार र छठको शुभकामना आदान प्रदान तथा सातौ नगरपरिषदले पारित गरेको आ.ब. २०८०÷०८१ को नीति तथा कार्यक्रम बारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । .... विस्तृत
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग  2080/07/01    सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जनमत पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य एवं रेडियो नेपालका सम्वाददाता संजिब बिक्रम साहलाई हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर ध्यानाकृष्ट भएको छ । महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा डाक्नेश्वरी नगरपालिकामा बुधबार पोखरी ठेक्का सम्बन्धमा स्थानीयले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार साहलाई जनमत पार्टीका स्थानीय कार्यकर्ताहरु अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेको जनाइएको छ । ..... विस्तृत

 

ताजा अपडेट