कोशी पीडित समाजद्वारा अग्निपीडित परिवारलाई राहत वितरण दैनिक संवाददाता राजविराज, २१ वैशाख । सप्तरीको लौनिया गाविस ४ का अग्निपीडित परिवारलाई सोमबार विभिन्न संघ संस्थाहरुले त्यहाँका ५ अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । त्यहाँका अग्निपीडित परिवारलाई कोशी पीडित समाज सप्तरीले बाल्टिन, साल, मग र नगद सहितका राहतका सामग्रीहरु वितरण गरेको सामाजिक परिचालक हिरा कुमार मण्डलले जानकारी दिनुभयो । त्यस्तै युवा संघका राजेश मण्डलको नेतृत्वमा लौनिया गाविस वडा न. २, ३ र ४ बाट राहत संकलन गरी प्रति परिवारलाई राहत वितरण गरेको छ । त्यहाँका अग्निपीडित परिवारमध्ये गोसाई साफीलाई २ मन चामल, १ मन गहुँ, ५ किलो आलु प्याज, ६ थान लत्ताकपडा, नुन मशाला सहित नगद १ हजार राहत स्वरुप प्रदान गरेको छ । त्यस्तै भरत साफीलाई चन्दे्रश्वर मण्डल, बिन्देश्वर साफी, जोगेन्द्र साफी सहितलाई राहत स्वरुप यी सामग्रीहरु प्रदान गरेको बिरेन्द्र मण्डलले जानकारी दिनुभयो । त्यस्तै त्यहाँका बयोबृद्ध जुगेश्वर साफीलाई ५ सय नगद र लत्ताकपडा समेत वितरण गरेको छ । त्यसैगरी महिला सशक्तिकरण संघ लौनियाद्वारा समेत त्यहाँका अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरिएको संघका नुनु लाल मण्डलले जानकारी दिनुभयो । यसअघि सप्तरीको लौनिया गाविस वडा न. ४ मा शुक्रबार दिउँसो आगलागी पाँच परिवारको एक दर्जन घर जलेर नष्ट हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको छ । आगलागीबाट स्थानीय चन्द्र नारायण मण्डलसहित छिमेकी बिन्देश्वर रजक, भरत रजक, भुवनेश्वर रजक, गोसाई रजक सहितको एक दर्जन घर जलेर सो मुल्य बराबरको क्षति भएको थियो । 2072/01/22 दैनिक संवाददाता राजविराज, २१ वैशाख । सप्तरीको लौनिया गाविस ४ का अग्निपीडित परिवारलाई सोमबार विभिन्न संघ संस्थाहरुले त्यहाँका ५ अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । त्यहाँका अग्निपीडित परिवारलाई कोशी पीडित समाज सप्तरीले बाल्टिन, साल, मग र नगद सहितका राहतका सामग्रीहरु वितरण गरेको सामाजिक परिचालक हिरा कुमार मण्डलले जानकारी दिनुभयो । ... विस्तृत

 

ताजा अपडेट