बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना 2079/09/19  सप्तरी जिल्ला अदालतले एक सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई कैद र जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जिल्लामै पहिलोपटक गम्भीर अपराधको घटना मिलाउन दबाब दिने जिल्लाकै डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला सुनाएको हो । आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने फैसला पनि भएको छ ।..... विस्तृत
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो  2079/09/17 मधेश प्रदेशसभा सदस्यहरुले पहिलो पटक जिल्ला भरीकै कार्यालय प्रमुखहरुको भेला गराई कार्यालय संचालनमा आउने समस्या र त्यसलाई सुधारका लागि पहल थालिने बताएका छन् । सप्तरी क्षेत्र नं. २ को १ र २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय सतिश कुमार सिंह र महेश प्रसाद यादवले संयुक्त रुपमा कार्यालय संचालनमा आउने समस्या र त्यसलाई समाधानका लागि पहल थालिने प्रतिबद्धता जनाएका छन् । नवनिवार्चित दुबै प्रदेशसभा सदस्य हालै सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका तर्फबाट उम्मेदवार रहेका थिए ।.... विस्तृत
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता 2079/09/13 पत्रकारलाई धम्की दिने प्रकरणमा अरोपीले माफि मागेपछि नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आफ्नो आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा  मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार अवधेश झामाथि धम्की दिने नसरुल राजालाई हिरासतमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको अवस्थामा स्थानीय अगुवाहरुबाट एक पटककालागि माफी दिने महासंघसित गरेको आग्रह बमोजिम जिल्ला प्रहरी कार्यालयमा छलफल पश्चात् माफी दिइएको जनाइएको छ । .... विस्तृत

 

ताजा अपडेट