पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग 2081/04/24 समाचार संकलनका क्रममा सप्तरीमा पत्रकारमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।  महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न माग राखी स्थानीय बासिन्दा र उक्त पालिकाका बहुमत जनप्रतिनिधिले गरिरहेका चरणवद्ध आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि पालिका अध्यक्ष ओमप्रकाश मण्डलले गरेको दुव्र्यवहार र समाचार संकलनमा गरिएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।.... विस्तृत
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार 2081/04/22    सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले आफ्नो करतुुत लुकाउन लठैत प्रयोग गरि मंगलबार दुव्र्यहार गरेका छन् ।  गैरकानुनी रुपमा गरिएको गाउँसभा रद्द गरि पुनः अर्को गाउँसभाको माग गर्दै आन्दोलनरत जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।      सोही समाचार संकलनमा गएका पत्रकारहरुमाथी अध्यक्ष मण्डल तथा उनका लठैतले अभद्र व्यवहार गरेका हुन् । रिपोटिङमा गएका पत्रकारहरुलाई थुन्नुका साथै लठैत लगाएर माइक खोस्दै दुव्र्यवहार समेत गरे । ... विस्तृत
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो  2081/04/21  मधेश प्रदेशको सप्तरी र सिरहा जिल्लामा आँप किसानलाई लक्षित गरेर विगत पाँच वर्षदेखी प्रधानमन्त्री आँप जोन कार्यक्रम सुरु कस्गरिएको छ । तर उक्त कार्यक्रमको उपलब्धी भन्दा भ्रष्टाचार नै बढी देखिएको छ ।  सप्तरीको सुरुङ्गा नगरपालिकास्थित मधुपट्टीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयबाट सप्तरीमा आर्थिक वर्ष २०७३÷७४ देखि आँप जोन कार्यक्रम पाँच वर्षसम्म चलेको तथ्याङ्क देखाएको । अहिले पनि यस जिल्लामा सामान्य रुपमा सो कार्यक्रम चलिरहेको छ । यता सिरहामा भने आर्थिक वर्ष २०७६÷७७ देखि यो कार्यक्रमले निरन्तरता पाएको छ । .... विस्तृत
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता  2081/04/16 पत्रकारलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न गम्भिरता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।  महासंघका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा सो प्रकरणमा ’राजनीति’ गन्धसमेत आभाष भएको ठहर गर्दै पत्रकार महासंघको पहिलो प्राथमिकता पत्रकारको सुरक्षा नै भएको र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएकोले पहिलो चरणको संघर्ष कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।.... विस्तृत
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह  2081/04/16  नेपाल प्रेस युनियन केन्द्रिय समितिले प्रेस युनियन सप्तरीका उपाध्यक्ष एवं राजविराज दैनिक पत्रिका पत्रकार नवीनकुमार गुप्तामाथी स्थानीय ठेकेदारले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियनका केन्द्रिय महासचिव दिलीप पौडेलले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भ्रष्टाचार सम्बन्धी समाचार लेखेको आधारमा महादेवा गाउँपालिकाका स्थानीय ठेकेदार अभिशेक मण्डलले पत्रकार गुप्तालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको उल्लेख छ । .... विस्तृत

 

ताजा अपडेट