उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी 2079/11/11  सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले सप्तरीका उद्योग तथा ब्यापारको अवस्था कहालिलाग्दो बनेको भन्दै यसको सुधारका निम्ति उद्योगी व्यवसायीहरुको समस्यालाई अविलम्ब सम्बोधन गर्नु पर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार उद्योगी ब्यवसायीहरुको समस्या बारे जानकारी तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने क्रममा उनले सो माग गरेका हुन् । उद्योगि व्यापारीहरुको समस्या बारे जानकारी गराउँदै उनले हाल जिल्लामा उद्योगहरु ३० प्रतिशत मात्र उत्पादन गर्न सकेको तथा व्यापार १० प्रतिशत सीमित भएको लाचारी सुनाए । उनले विभिन्न नाकाहरुबाट भन्सार छलेर अवैध रुपमा भित्रिरहेको सामानहरुका कारण स्थानिय बजारको ब्यापार धरापमा परेको जिकिर समेत गरे । .... विस्तृत
मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित 2079/11/09 मैथिली साहित्य परिषद् तथा मैथिल महिला परिषद् सप्तरीले मैथिली भाषा, कला, साहित्य, अनुसन्धान र संस्कृतीको संरक्षण सम्वद्र्धनमा योगदान दिने सात जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसर पारेर मंगलबार संयुक्त रुपमा आयोजित बहुभाषिक शिक्षा, शिक्षामा परिवर्तनको आवश्यकता तथा मातृ भाषामा अनिवार्य शिक्षा विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्रि महेश प्रसाद यादव, प्रदेशसभा सदस्य मनिष सुमन, किरणकुमारी साह, माला कर्ण, गोबिन्द न्यौपाने र सतिशकुमार सिंह सम्मानित भएका हुन् । ..... विस्तृत

 

ताजा अपडेट