नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना 2079/10/25  राजविराज नगरपालिका कार्यालयको हुकुमी उर्दीप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भिर ध्यानाकर्षण हुनुका साथै उक्त कार्यको घोर भत्र्सना गरेको छ ।  पत्रकारलाई विद्यालयको समाचार संकलन गर्ने क्रममा भिडियो नतान्ने, समाचार सम्प्रेषण गर्दा शिक्षा, यूवा तथा खेलकुद शाखासँग समन्वय गरी सुधारात्मक सुझावसहितको समाचार मात्र सम्प्रेषण गर्न भनिएको हुकुमी उर्दीप्रति गम्भिर ध्यानाकर्षण भएको हो । पत्रकार रामनाथ यादवको नाममा माघ २४ गते उपलब्ध गराएको पत्रमा उक्त कुरा उल्लेख गर्दै नगरपालिकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको  छ । .... विस्तृत
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश 2079/10/19 राजविराज नगरपालिका वडा नं. ४ को मतगणना सम्बन्धी विवाद निरुपणका लागि अदालतले मतगणनामा बसेका उम्मेदवार प्रतिनिधिहरुको विवरण झिाउन आदेश जारि गरेको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासले यस्तो आदे जारि गरेको हो । गत २०७९ बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचनमा उक्त वडाको वडा अध्यक्ष पदमा एक मतले दिनेश प्रसाद साह विजयी हुदा स्वतन्त्र उम्मेदबार काशिम अंसारीले मतगणना त्रुटीपूर्ण भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पुनः मतगणनाको माग गर्दैै अदालतमा मुद्दा दायर गरेका थिए । ..... विस्तृत

 

ताजा अपडेट