महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’  2081/04/10 आर्थिक बर्ष २०८०÷०८१ सम्पन्न भएर नयाँ आर्थिक बर्ष सुरु भएको एक साता वितिसक्दा समेत सप्तरीको महादेवा गाउँपालिकामा उपभोक्ता समिति तथा संघ संस्थाले भुक्तानी पाउन सकेको छैन् ।     गत आर्थिक बर्षमा संचालित योजनाहरुको काम सम्पन्न भएपनि कमिशनको रकम नदिदा काटिएको चेक समेत उपभोक्ताहरुले नपाउँदा उनीहरु मारमा परेका छन् ।  गाउँपालिकाको वडा नम्बर १ स्थित खानेपानी संरचना निर्माण गरेका माझी निर्माण सेवाले निर्माण काम सकिए पनि भुक्तानी नदिएको गुनासो गरेका छन् ।.... विस्तृत
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास 2081/04/09  समाजसेवी जोगेन्द्र भगतले २ करोड २५ लाख मुल्य बराबरको १ कठ्ठा डेढ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछि कान उपचार सेवा केन्द्रले आफ्नै भवनबाट उपचार सेवा उपलब्ध गराउने भएको छ ।  कान उपचार सेवा केन्द्रको संचालनमा सहयोग गर्दै आएको इम्प्याक्ट नेपालका कार्यक्रम व्यवस्थापक पुष्पा भण्डारीले अबको ९ महिना भित्र केन्द्रले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको बताइन् । उनले नयाँ भवनबाट थप विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने र यसबाट यस भेगका कानका विरामी लाभाविन्त हुने विश्वास समेत व्यक्त गरिन । .... विस्तृत

 

ताजा अपडेट