महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता  2081/04/16 पत्रकारलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न गम्भिरता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।  महासंघका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा सो प्रकरणमा ’राजनीति’ गन्धसमेत आभाष भएको ठहर गर्दै पत्रकार महासंघको पहिलो प्राथमिकता पत्रकारको सुरक्षा नै भएको र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएकोले पहिलो चरणको संघर्ष कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।.... विस्तृत
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह  2081/04/16  नेपाल प्रेस युनियन केन्द्रिय समितिले प्रेस युनियन सप्तरीका उपाध्यक्ष एवं राजविराज दैनिक पत्रिका पत्रकार नवीनकुमार गुप्तामाथी स्थानीय ठेकेदारले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियनका केन्द्रिय महासचिव दिलीप पौडेलले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भ्रष्टाचार सम्बन्धी समाचार लेखेको आधारमा महादेवा गाउँपालिकाका स्थानीय ठेकेदार अभिशेक मण्डलले पत्रकार गुप्तालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको उल्लेख छ । .... विस्तृत
समाचारको प्रभाव– छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद 2081/04/14    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा गत आ.ब. २०७९÷८० मा गाउँपालिका स्तरिय कार्यक्रमबाट योगालयका लागि ८ लाख तथा वडा नं. १ को कार्यक्रमबाट जीम सेन्टरका लागि ५ लाख रकम खर्च कहाँ भएको समाचार प्रकाशित भएपछि ती दुबै भौतिक निर्माणका कार्य अगाडी बढेको छ ।  २०८१ साउन १ गते यस दैनिकमा “छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी” भन्ने शिर्षकको समाचार प्रकाशित भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दको आदेशमा ती भौतिक निर्माणका कार्यहरु अगाडी बढाइएको हो । .... विस्तृत
भुक्तानीको विषयमा छिन्नमस्ताका वडा  अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की 2081/04/11  सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरले आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) संजय मेहतालाई भुक्तानीको विषयलाई लिएर शुक्रबार अपहरण गर्ने धम्की दिएका छन् । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द, जनस्वास्थ्य निरिक्षकहरु पंकज कुमार यादव, राजाबाबु मेहता, महाबिर यादव, जिन्सी शाखाका जितेन्द्र झा, सिअहेबद्वय बालकुमार यादव, दिपेन्द्र प्रसाद यादव, ल्याब टेक्निसियन राजेश यादव, लेखापाल संजय मेहता, सूचना प्रविधि अधिकृत दिपक मेहता र नायब सुब्बा अरुण यादवलगायत १५ जना कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भुक्तानीको विषयलाई लिएर जनप्रतिनिधिले दिएको यस्तो धम्कीप्रति गम्भिर आपत्ति जनाएका छन् ।  ..... विस्तृत

 

ताजा अपडेट