सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै 2079/10/08  सरकारले धानको समर्थन मुल्य तोकेपनि किसानहरुले उक्त मुल्य नपाएपछि मर्कामा परेका छन् । सरकारले धानको समर्थन मुल्य ३ हजार १ सय २८ रुँपैया तोके पनि उक्त मुल्यमा किसानहरुले धान बिक्रि गर्न नपाउँदा मर्कामा परेका हुन् । विचौलियाहरुले एक महिना अघि सस्तो मुल्यमा धान खरिद गरि धानको कृत्रिम अभाव सृर्जना गरेका छन् । किसानबाट बिचौलियाहरुले २ हजार ३ सय देखि २ हजार ५ सय सम्म प्रति क्विन्टलका दरले धान खारिद गर्दै आएका छन् । विचौलियाहरुले हाल धानको मुल्यमा २५ प्रतिशत सम्म बढाएर वेच्न थालेका छन् । .... विस्तृत

 

ताजा अपडेट