राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया 2076/12/01 राजविराज÷स्वास्थ्य क्षेत्रमा बढ्दै गएको आधुनिकतासँगै राजविराजका सरकारी तथा निजि अस्पतालहरुले उच्च प्रविधिका उपकरण तथा दक्ष चिकित्सकको सहयोगमा विभिन्न जटिल प्रकृतीका उपचारहरु स्थानियस्तरमै सफलतापूर्वक सम्पन्न गरिरहेका छन् ।  पछिल्लो पटक राजविराजस्थित एक निजि अस्पतालमा शुक्रबार एकै दिन चार वटा जटिल प्रकृतीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि स्थानीयहरु अब जिल्ला बाहिर महँगो खर्च तिरेर उपचार गर्न जानबाट मुक्त हुने भएका छन् ।   सो अस्पतालमा बरिष्ठ सर्जन डा. राजिव मिश्राको नेतृत्वमा डा. विकास झा, डा. पारस मणी साह (एनेस्थोसियोलोजिष्ट) लगायतका चिकित्सक टोलीले फलामको डण्डी पेटमा छिरेर आन्द्राभूडी निस्केको एक महिलाको सफल शल्यक्रिया गरेका छन् । .... विस्तृत

 

ताजा अपडेट