सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर 2076/08/18 सप्तरी उद्योग बाणिज्य संघको तीन वर्षे कार्यकाल सम्पन्न भएपनि पुरानो कार्य समितिले अधिवेशन नगराई कार्य गर्दै आइरहेको भन्दै संघका ५३ जना साधारण सदस्यहरुले वर्तमान कार्य समितिलाई कार्य नगर्न भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार ज्ञापन बुझाएको छ । बुझाइएको ज्ञापनमा बि.स. २०७० सालमा निर्वाचन सम्पन्न भई तीन वर्षे कार्यकालका लागि समिति चयन भएपनि हाल सोही समितिको झण्डै ६ वर्ष बित्न लाग्दा समेत साधारण सभा तथा निर्वाचन नगरी लोकतान्त्रिक मुल्य मान्यता तथा विधान विपरीत काम गर्दै आइरहेको उल्लेख छ । ... विस्तृत

 

ताजा अपडेट