प्रदेश २ सरकारले पहिलो चरणमा ९ सय प्रहरी भर्ना गर्ने 2075/03/18 दैनिक समाचारदाता जनकपुर, १७ असार । प्रदेश २ सरकारले आफ्नै प्रहरी निकाय स्थापनाका लागि तयार पारेको प्रहरी सेवा ऐनसम्बन्धी विधेयक प्रदेशसभाले स्वीकृत गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशसभाको बैठकमा विधेयक पेश गरेका हुन् । सरकारले पेश गरेको प्रदेश प्रहरी ऐनमा सुधार गर्नुपर्ने सांसदको मागपछि संसदीय समितिमार्फत् विधेयकलाई अगाडि बढाउने मन्त्री यादवले प्रदेश सभाको बैठकमा जानकारी दिए । सभामुख सरोज यादवले विधेयकलाई निणायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत गरिएको हो ।... विस्तृत