कक्षा कोठाको अभावमा बालबालिका रुखमूनी पढ्न बाध्य, कक्षा ४, ५ तथा ६, ७ का विद्यार्थी दुईटा कक्षामा पढ्दै 2075/02/30 नवीनकुमार गुप्ता राजविराज, २८ जेठ । सप्तरीस्थित सरकारी विद्यालयहरुको अवस्था दिनप्रति खस्किदो गइरहेको प्रति कसै सामु लुकेको छैन् । जिल्लास्थित कतिपय विद्यालयमा शिक्षक अभाव त कुनै विद्यालयमा विद्यार्थी भन्दा शिक्षक नै बढी रहेको अवस्था छ भने कतिपयमा भौतिक संरचनाको अभाव समेत रहेको छ । यस्तै कुनै विद्यालयमा कक्षाकोठाको अभावमा विभिन्न कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा राखेर पढाउने बाध्यता समेत रहेको छ भने कक्षाकोठा कै अभावमा खुल्ला चउरमा बसेर विद्यार्थीहरु पढ्न समेत बाध्य छन् । ... विस्तृत
अंचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयको रुपमा विकसित गर्ने प्रदेश सरकारको लक्ष्य 2075/02/25 दैनिक समाचारदाता जनकपुर, २४ जेठ । प्रदेश नं. २ सरकारले आगामी आर्थिक वर्षमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्ने लक्ष्य लिएको छ । बिहीबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गजेन्द्र नारायण सिंह स्वास्थ्य तथा चिकित्सा विश्वबिद्यालय स्थापना समेत गरिने उल्लेख गरेका छन् । तीन दिनअघि मात्र यो अस्पताल ५० शैययाबाट ३ सय शैययामा परिणत समेत भएको छ । .... विस्तृत

 

ताजा अपडेट