प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव  2075/09/08  राजविराज÷प्रदेश नं. २ को नामाकरण, स्थायी राजधानी र भाषाबारे सुझाव संकलन गर्न प्रदेश सरकारले बनाएको आयोगले शनिबार राजविराजमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सुझावकर्ताहरुले “मिश्रित” सुझाव दिएका छन् ।      आयोगका संयोजक डा. हरीबंश झाले सुझाव दिनका लागि सहभागीहरुलाई नाम लेखेर प्रदेशको राजधानी कहाँ राख्ने?, प्रदेशको नामाकंकरण के राख्ने ? सहितका बिषयमा औचित्य, महत्वसहितको सुझाव दिन आग्रह गरिएको थियो ।      आयोगका पदाधिकारीले लिखित फोरम्याट नै तयार पारेको थियो सुझाव संकलनका निम्ति । सहभागी भएका सबैलाई यो फोरम्याट उपलब्ध गराउँदै प्रश्नको उत्तर लेखेर दिन आग्रह गरिएको थियो ।.... विस्तृत
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि  2075/09/08 राजविराज÷वैदेशिक रोजगारी जानका लागि ठगिमा परेका मोरङ्ग र सुनसरीका १२ जना युवा काठमाण्डौबाट एजेन्टलाई खोज्दै शुक्रवार राजविराज आइपुगेका छन् ।  नक्कली भिसा दिएर १८ लाख ठगी गरी सम्पर्क बाहिर रहेका सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका ४ घर भएका एजेन्ट अशोक मण्डललाई खोज्दै उनीहरु राजविराज आइपुगेको आप्रवासन स्रोत केन्द्र सप्तरीले जनाएको छ ।      तीन महिना अघि दुबई पठाउनकालागि काठमाण्डौ बोलाईएका युवाहरु आज–भोली गर्दागर्दै केही नलागेपछि बाध्य भएर ती युवाहरु एजेन्ट मण्डललाई खोज्दै राजविराज आईपुगेका हुन् । ..... विस्तृत
अतिरिक्त हुलाक ऐन खारेज गर्नु  पर्छ ः प्रदेश कृषि मन्त्री साह 2075/09/08 राजविराज÷प्रदेश २ का भूमी, सहकारी तथा कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले अतिरिक्त हुलाक ऐन खारेज गर्नु पर्ने बताएका छन् ।  नेपाल अतिरिक्त हुलाक कर्मचारी राष्ट्रिय भेलाको शनिबार राजविराजमा उद्घाटन गर्दै मन्त्री साहले ४ दशक भन्दा अगाडि बनेको २०३४ को ऐन अहिले सम्म लागू गरेर अतिरिक्त हुलाकका कर्मचारीलाई विभेद गरिरहेको आरोप लगाए । सरकारले तत्काल सो ऐन संशोधन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक रहेको बताए ।      अतिरिक्त हुलाकका कर्मचारीको तलव सुविधा समेत न्यून रहेकोले उनीहरूले आफ्ना परिवारलाई उचित गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्य समेत दिन नसकेको दुखेसो पोखे ।     भेलामा ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले अतिरिक्त हुलाकको कर्मचारीले निजामती कर्मचारी सरह सेवा सुविधा पाउनु पर्नेमा जोड दिए ।     उक्त भेलामा नेपाल पत्रकार महासंघ उपाध्यक्ष सुधा देवले समय परिस्थिति अनुसार हरेक कुरा संशोधन हुँदै जानूपर्नेमा जोड दिईन् । .... विस्तृत
किर्ते नागरिकता प्रकरणमा कारागारमा रहेका भारतीय नागरिक अग्रवालको मृत्यु 2075/09/08  राजविराज÷किर्ते नागरिकता प्रकरणमा राजविराज कारागारमा पूर्पक्षका लागि रहेका एक भारतीय नागरिकको शुक्रबार साँझ मृत्यु भएको छ ।  कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको हो ।     अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ ।     मधुमेह, उच्च रक्तचाप र मुटुरोगका बिरामी अग्रवाललाई अकस्मात् पेट दुखेपछि तत्कालै राजविराजस्थित अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त जेलर सत्यनारायण यादवले जानकारी दिएका छन् । .... विस्तृत
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान 2075/09/05  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले युनिसेफको सहयोगमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (डिईओसी) सप्तरीलाई आवश्यक उपकरण सहयोग प्रदान गरेको छ ।  जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सामग्रीहरु हस्तान्तरण गरे ।     युनिसेफको सहयोगमा सञ्चालित बाल केन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम अन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सबलीकरण क्रियाकलाप अन्तर्गत उपकरण तथा अन्य सामग्रीहरु प्रदान गरिएको हो ।      डिईओसीको काम कारबाहीलाई प्रभावकारी बनाउन एक सेट कम्प्युटर, प्रिन्टर, ब्याट्री, कुर्सी २ थान, एक थान खाट, टेलीफोन सेट, एक बर्षको इन्टरनेट शुल्कतथा टेलीफोन महसुल बुझाइएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झाले जानकारी दिए । यसअघि डिईओसीको भवन समेत सोही क्रियाकलाप अन्तर्गत मर्मत सम्भार गरिएको थियो ।.... विस्तृत

 

ताजा अपडेट