बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने 2075/09/19 सप्तरीमा बैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गरी ठगी मुक्त जिल्ला घोषणा गर्नका लागी अभियान चलाउने सरोकारवाला निकायले बताएका छन । बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र लाभदाय बनाउन उद्देश्यले आप्रवासन हकहित संरक्षण केन्द्रका सदस्यहरूको एकदिने क्षमता अभिबृद्वि सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन ।     बिहिवार सामी हेल्भेटास नेपालको सहयोगमा तथा सप्तरी सामुदायिक बिकास केन्द्र आयोजनमा क्षमता अभिबृद्वि कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले भाषाको ज्ञान, सिपको अभाबका कारण कामदारहरू बिदेशमा समस्यामा पर्ने गरेको छ । उनले बिदेशमा जादाँ सहि सुचना र सीप तथा सम्बन्धी कामको ग्यारेन्टी नहुन्जेल सम्म परदेश जान नहुने बताउदै सबै कुरामा बुझेर जान आग्रह गरे ।.... विस्तृत
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव 2075/09/18  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले भारत सरकारको सहयोगमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाता भित्र शुरु गरिएको प्रसुती गृह भवन लामो समयदेखि अधुरो रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।  उनले अधुरो प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको समेत जानकारी दिए ।     अगामी फागून १ देखि नेपाली सेनाको सहकार्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने वृहत निःशुल्क स्वास्थ शिविरको पूर्व तयारी र स्थलगत अध्ययनको शिलशिलामा बुधवार राजविराज आईपुग्नुभएका उप प्रधानमन्त्री यादवले स्तरीय स्वास्थ्य सेवा लिन उचित वातावरण बनाउन पनि उत्तिकै आवश्यक रहेको बताए । उनले वातावरण राम्रो बनाउने काम स्थानियवासीले बनाए स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्ने बताए । .... विस्तृत
सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह 2075/09/18 प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकारले ल्याउन लागेको सहकारी ऐनले किसानहरुको आर्थिक स्तर समृद्ध हुने विश्वास व्यक्त गरेका छन् ।  जिल्ला सहकारी संघ सप्तरीको बुधबार सम्पन्न १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दे मन्त्री साहले प्रदेशको आर्थिक अवस्था बलियो बनाउन सो ऐन ल्याउन लागेको उल्लेख गरे ।     उनले सहकारीकै माध्यमबाट मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रको विकास हुने दाबी समेत गरे । प्रदेश २ कृषिमै आधारित रहेको हुँदा प्रदेश सरकारले कृषकहरुलाई मध्यनजर गर्दै सो ऐन ल्याउन लागेको बताए ।      मन्त्री साहले हालसम्मको केन्द्रिय सरकारले किसानहरुलाई दिँदै आएको अनुदानले उत्पादनमा खासै परिवर्तन आउन नसकेकोले अब प्रदेश सरकारले कृषी उत्पादनमा परिवर्तनको लागि परम्परागत प्रविधिलाई तोड्दै नयाँ प्रविधि अनुसार काम गर्ने जनाए ।.... विस्तृत
अग्निपीडित रायलाई राहत प्रदान 2075/09/16  सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ बरही विरपुरका अग्निपीडित रामधन रायका परिवारलाई सोमबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।   राहतस्वरुप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् ।      सो अवसरमा क्लवले आ–आफ्ना कार्यक्षेत्रमा सराहनीय कार्य गर्ने छिन्नमस्ता गाउपालिका वडा नं. १ का अध्यक्ष बिनोद यादव, पत्रकार शुभ नारायण यादव, समाजसेवी नन्दि राय र मंगल रायलाई सम्मानित समेत गरिएको उनले बताए । .... विस्तृत
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह  2075/09/15  प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि क्षेत्र बिस्तार नहुने बताएका छन् ।  एक गाउँ एक पशु सेवा प्रविधिकहरुका लागि सामाग्रि तथा उपकरण हस्तान्तरण समारोहलाई आइतबार राजविराजमा सम्बोधन गर्दै मन्त्री साहले कृषि क्षेत्रलाई बिस्तार गर्न पशु व्यवसायीलाई समेत प्राथमिकतामा राखि अगाडी बढ्नु पर्ने धारणा राखेका छन् ।      प्रदेश मन्त्री साहले कृषि क्षेत्रलाई प्रोत्साहन स्वरुप दिइने अनुदानको सदुपयोगको साटो दुरुपयोग भइरहेको भन्दै अनुदान अनुसार उत्पादनमा बृद्धि नभइरहेकोप्रति चिन्ता समेत व्यक्त गरे । उनले अबको दिनमा अनुदान नदिई कृषि उत्पादन बृद्धिका लागि सेवा दिने प्रक्रिया अविलम्बन गर्न सुझाव समेत दिए । .... विस्तृत
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह 2075/09/15  संघीय समाजवादी फोरम नेपाल राजविराज नगर समितीले आईतवार राजविराजमा भेला आयोजना गरेको छ ।  सो भेलामा संघीय समाजवादी फोरम नेपालका राजनैतिक समिती सदस्य समेत रहेका प्रदेश नम्वर २ का भुमी व्यावस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ को सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।      सामजिक संजालमा फैलाएको भ्रमको पछाडी नलाग्न कार्यकर्तालाई निर्देशन दिदै मन्त्री साहले प्रदेश २ मा फोरम राजपा गठवन्धको सरकारको लोकप्रियता देखेर विपक्षीले सरकार ढल्ने नकारात्मक प्रचारवाजी गरेको जिकिर गरे । .... विस्तृत

 

ताजा अपडेट