प्रहरीसँग आउनुस, समस्याको समाधान  हुन्छ ः प्रदेश प्रहरी प्रमुख पाल 2075/09/13  नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक तथा प्रदेश २ का प्रहरी प्रमुख हरि बहादुर पालले गलत मानिसको प्रभावमा बिचौलीयाको सहयोग लिएर वा प्रलोभनमा नपरेर सिधै प्रहरी सँग समस्या राख्नु आग्रह गरेका छन् ।  सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित ठेलियामा शुक्रबार नवनिर्मित इलाका प्रहरी कार्यालयको उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख पालले प्रहरीसँग समस्या लिएर आएमा समस्या समाधान हुने विश्वास दिलाए ।      उनले समाजमा शान्ती, सुरक्षा कायम गर्न तथा समाजमा रहेको बिकृती बिंसगतीलाई हटाउन प्रहरी ईमान्दारी पूर्वक काम गरि रहेको दाबी गर्दै नेपाल प्रहरीले निस्वार्थ भावनाले सेवा दिन प्रतिबद्द रहेको तथा अपराध न्युनिकरण गर्न, महिला हिँसा बिरूद्द प्रहरी दिन रात खटिरहेको बताए ।.... विस्तृत
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने 2075/09/13  विभिन्न क्षेत्रमा योगदान पु¥याउने मधेशका एक सय जनालाई ‘मधेश नायक’ (हिरोज अफ मधेश) अवार्ड बाट सम्मानित गरिने घोषाण गरिएको छ ।   नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रनेता स्व. गजेन्द्र नारायण सिंहको राजविराज ३ स्थित समाधिस्थलमा विहिबार एक कार्यक्रमको आयोजना गरी आयोजक मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहले सो घोषणा गरेका हुन ।      अवार्डका लागी कार्यक्रममा सहभागी हुन पुस मसान्त सम्मका लागी समय सिमा तय गरिएको जानकारी दिदै कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष सिंहले ईच्छुकहरुलाई समय सिमाभित्र आवेदन दिन आहवान गरे । .... विस्तृत
आन्दोलनरत कर्मचारीले कलम बुझाएको २० मिनेट मै फिर्ता लिई काममा फर्के  2075/09/11  स्थानिय तहका कर्मचारीहरु समायोजन विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेको ११ औं दिन बुधबार पनि कामकाज ठप्प पारेका छन् । तर, बुधबारै उनीहरु काममा समेत फर्केका छन् । राजविराज नगरपालिका कर्मचारीहरुले आ–आफनो कलम प्रमुख प्रशासकिय अधिकृतलाई वुझाएको २० मिनेट न वित्दै कलम फिर्ता लिई काममा फर्केका हुन् ।      पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार धर्नामा वसेका राजविराज नगरपालिकाका कर्मचारीहरुले विहान १२ वजे सामुहिक रुपमा आ–आफनो कलम निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार राजलाई वुझाएका थिए । तर, २० मिनेट न वित्दै उनीहरु कलम फिर्ता लिइ काममा फर्के । .... विस्तृत
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित   2075/09/11  सरकारले अस्थायी शिक्षकलाई विस्थापित गर्ने गरी प्रकृया अघि वढाएको भन्दै विरोधमा नेपाल शिक्षक महासंघले गरेको दुई दिने शैक्षिक हडतालका क्रममा पहिलो दिन बुधबार जिल्लाका समपूर्ण सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको छ ।  अस्थायी शिक्षकको माँग प्रति एक्यबद्धता जनाउँदै महासंघको आह्वानमा प्रदेश २ मा बुधबार र बिहीबार दुई दिने शैक्षिक हडताल कार्यक्रमको घोषणा गरिएको हो ।      हडतालको पहिलो दिन जिल्लाका सम्पूर्ण ४ सय २८ सामुदायिक विद्यालयको पठन पाठन ठप्प हुँदा एक लाख २५ हजार वढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । .... विस्तृत

 

ताजा अपडेट