बभनगामाका अग्निपीडितलाई क्लबले राहत वितरण ग¥यो
2075/09/01
राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामामा शुक्रबार साँझ लागेको आगोले पीडित बनेकाहरुलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत वितरण गरेको छ । आगलागिबाट सबै घरहरु र सम्पति जलेर नष्ट भई पीडित बनेकाहरुलाई केही राहत दिएर घाउँमा मल्हम लगाउने उद्देश्यले राहत बितरण गरेको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिए । आगलागि भएकै स्थानमा अग्निपीडितहरु बिन्देश्वर साफी, प्रसाद साफी, सिकीलाल रजक र फुलिया रजकलाई राहतस्वरूप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्चि, पन्यु, कम्बल र खाद्यान्नलगायतका राहत सामाग्रीहरु वितरण गरिएको छ । .....
विस्तृत
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश
2075/09/01
राजविराज÷सवल नेपाल राजविराजको १३ औं साधारण सभाबाट सामाजिक, शैक्षिक, स्वास्थ्य र विभिन्न खाले विकृती विरुद्ध सचेतना मूलक लगायतका गतिविधिमा अझ सक्रिय रहने प्रतिबद्धतासहित शनिबार सम्पन्न भएको छ । “हाम्रो चाहना समृद्ध समाजको स्थापना” नाराका साथ सुरु भएको साधारणसभामा संस्थाका परमेश्वर झाले गत आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन तथा २०७५÷०७६ को वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । जस अनुसार २०७४÷०७५ मा सरसफाई प्रवद्र्धन, स्वच्छ खानेपानी, स्पन्सरसिप, बैदेशिक आप्रवासन, सम्भव परियोजना, सौर्य प्रवद्र्धन योजना, सरसफाई वजारीकरण, पहुँच परियोजना, बाढि प्रभावित पुनःस्थापना र स्मार्ट विद्यालय परियोजना लगायतका १० वटा परियोजनाहरु सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ । बार्षिक प्रतिवेदनमा आ.व.२०७४।७५ मा संचालित १० परियोजनाको ७ करोड १५ लाख १२ हजार १ सय ६३ रुपैया खर्च भएको तथा आर्थिक बर्ष २०७५।७६ को लागि १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट समेत पेश गरिएको थियो । ....
विस्तृत