बार एशोसिएशनका नवनिर्वाचत पदाधिकारीहरुद्वारा सपथग्रहण तथा पदस्थापना  2075/09/04  राजविराज उच्च अदालत बार एशोसिएशन सप्तरीको नवनिर्वाचत पदाधिकारीहरुको बुधबार सपथ ग्रहण तथा पदस्थापना गरिएको छ ।   राजविराज उच्च अदालतका वरिष्ठतम न्यायाधिश तिल प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा निर्वाचन संयोजक डा. रामखेलावन यादव, बारका अध्यक्ष बिजय कुमार यादव, अधिवक्ता, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।     मंसिर २२ गते सम्पन्न बारको निर्वाचनबाट अध्यक्षमा अधिवक्ता रमानन्द साह निर्वाचित भएका थिए । १३ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा उपाध्यक्षमा श्यामकुमार पोखरेल, सचिवमा धीरेन्द्र कुमार यादव, कोषाध्यक्षमा उपेन्द्र यादव निर्वाचित भएका थिए । .... विस्तृत
बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए 2075/09/04 अन्तराष्ट्रिय आप्रवासन दिवस २०१८ को अवसरमा मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित तोपामा गोष्ठीको आयोजना गरिएको छ । तिलाठी कोईलाडी गाँउपालिका र सप्तरी सामुदायिक बिकास केन्द्र नेपालको सहयोगमा तथा सुचना तथा परामर्श केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले सही जानकारी पाएर मात्र रोजगारीका लागि बिदेश जानुपर्नेमा जोड दिए । सो अवसरमा सप्तरी सामुदायिक बिकास केन्द्र तथा गैसस सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले आप्रवासन दिवसको अवसरमा अनुरोध पत्र वाचन गर्दै सप्तरीमा आव ०७४÷०७५ सम्ममा ८८ हजार १ सय ८१ जना बैदेशिक रोजगारीमा गएको तथ्याङ प्रस्तुत गरे ।  यस्तै आब २०६५ देखि हाल सम्म एक दशकको अवधीमा सप्तरीबाट बैदेशिक रोजगारीमा गएका मध्येबाट १ सय ४२ जनाले ज्यान गुमाएको जानकारी समेत दिए ।.... विस्तृत
हात्तिले क्षति पु¥याएका पीडित  परिवारलाई राहत प्रदान 2075/09/04  सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित जगमोहन नयाँ बस्मिा सोमबार राती जंगली हात्तिको समूहले तीन परिवारको घर तोडफोड गरेको छ । मध्य रातिमा आएको ती जंगली हात्तिले स्थानिय कामिसिंह तामाङको घर पूर्णरुपले क्षति पु¥याएको छ भने तिलमान तामाङ र सितामाया तामाङको एक–एक घरमा आंशिक क्षति पु¥याएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।      यसैक्रममा मंगलबार बिहान गाउँपालिका अध्यक्ष यादव, प्रशासकिय अधिकृत रामसुन्दर थापा, वडा नं. ६ का अध्यक्ष गोबिन्द सिंह थापा र विपद् व्यवस्थापन इकाई शाखा प्रमुख मिथिलेश यादवको टोलीले सो क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई राहत प्रदान गरेको छ । ..... विस्तृत
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग  2075/09/04  हुलाकका कर्मचारीलाई निजामती कर्मचारी सरह सेवा सुविधा लागु हुनुपर्ने मुख्य माग राख्दै आन्दोलन गर्ने भएका छन् । छाता संगठन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले मंगलबार राजविराजमा पत्रकार सम्मेलनमार्फत आन्दोलनबारे जानकारी दिएको हो ।     पत्रकार सम्मेलनमा एशोसिएसनका जिल्ला अध्यक्ष देव नारायण यादवले अतिरिक्त कर्मचारीहरुले पेशागत हकहितका विभिन्न १४ बुँदे माग अघि सार्दै आन्दोलनको तयारी थालिएको जानकारी दिए ।      आगामी पुस ७ गते नेपाल अतिरिक्त हुलाक कर्मचारीहरुको राष्ट्रिय भेला सदरमुकाम राजविराजमा आयोजना गर्न लागिएको जानकारी दिदै उनले सोही भेलाबाट १४ बुँदे माग सहित आन्दोलनको मिति र स्वरुप सार्वजनिक गर्ने बताए । ..... विस्तृत
कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिँदै 2075/09/04  दुई दिनदेखी विभिन्न माँग राख्दै आन्दोलनमा उत्रेका स्थानिय तहका कर्मचारीहरुले मंगलबार दुई घण्टा आ–आफ्नो कार्यालय परिसरमै धर्ना बसेका छन् । संघीय सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐनको विरोध गर्दै आन्दोलनमा होमिएका स्थानिय तहका कर्मचारीहरुले पुस ११ गतेसम्म पहिलो चरणका आन्दोलनकाका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् ।      जसकारण सम्पूर्ण स्थानीय तहको कामकाज दुई घण्टा ठप्प भएको छ । बिहान १० बजेदेखी १२ बजेसम्म कामकाज ठप्प पार्दै धर्नामा बसेका कर्मचारीका कारण सेवाग्राहीहरुले १२ बजेपछि मात्र कामकाज गराएका थिए ।  ..... विस्तृत
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन 2075/09/02  सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत पालेको बञ्चरो प्रहारबाट हत्या भएको छ ।  तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रलाई शनिबाराती कार्यालयमा डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।      सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहले लागु औषध गाँजा सेवन गरि बन्चरोले घाँटीमा प्रहार गरेपछि गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।.... विस्तृत
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा 2075/09/02  राजविराज नगरपालिका वडा नं. ५ लाई सोमबार एक कार्यक्रमबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले वृक्षारोपण तथा कार्यक्रमको ब्यानर पढेर सो वडालाई बाल विवाह मुक्त वडा घोषणा गरे ।      घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री साहले मधेशमा विकृतिको रुपमा देखापरेको बाल विवाह अन्त्यका लागि वडा ५ ले गरेको प्रयास सराह्निय रहेको भन्दै यसबाट अन्य वडाले पनि सिकाई गर्नु पर्ने बताए । .... विस्तृत
आगलागिमा पाँच घर नष्ट २६ पशुचौपाया जलेर मरे 2075/09/02 सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका १ बेल्हिमा सोमबार बिहान आगलागि हुँदा पाँच घर जल्नुका साथै २६ वटा पशु चौपाया जलेर मरेका छन् । स्थानिय बिजय कुमार रायको फुसको गोठ घरमा बालेको आगो सल्केर अन्य पाँच जनाको घर, गाईगोठ तथा २६ चौपाया जलेर मरेका हुन् ।      रायको फुसको एउटा फुसको घर, ३ वटा गाई, एउटा बाछा जलेर मरेको छन् । त्यस्तै छिमेकी नागेश्वर रायको एक फुसको घर, बब्लु रायको एक फुसको घर, बाख्रा १५ वटा, टायर गाडा एउटा, अजय कुमार रायको फुसको गोठ घर एउटा, बाख्रा ७ वटा, राम चन्द्र रायको फुसको गोठ घर एउटा र अहिल्या देवी रायको फुसको घर एकवटा जलेको प्रहरीले जनाएको छ । .... विस्तृत
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन 2075/09/02    विश्व हिन्दू परिषद नेपालका भाृत संगठन हिन्दू युवा परिषद् सप्तरीको आयोजनमा सप्तरीको खड़क नगरपालिकामा हिन्दु यूवा परिषद् नगर समिति गठन गरिएको छ । अशोक कुमार साहको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा जगबीर राम, प्रचार प्रमुख इंद्र देव ठाकुर, विद्यार्थी प्रमुख संजीव मंडल, अर्थ प्रमुख सुनील चौधरी, गतिविधि प्रमुख राजू मंडल, शक्ति केन्द्र प्रमुख लिलाराज मंडल, बौधिक प्रमुख जुगेश्वर राम, शारीरिक प्रमुख गया प्रसाद चौधरी, सुरक्षा प्रमुख महेन्द्र दास रहेका छन् । यस्तै सदयहरूमा अजय कुमार भगत, दीपक साह, परमानन्द साह, प्रकाश चौधरी, मानदेब मंडल लगायतका छन् । .... विस्तृत
आजदेखी स्थानिय तहका कर्मचारी आन्दोेलनमा  2075/09/02  पेशागत स्थायित्व र कर्मचारी ंसमायोजनका लागी सबै कर्मचारीबीच समान व्यवहार नभएको भन्दै स्थानिय तहका कर्मचारी आन्दोेलनमा उत्रेका छन । स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिले सम्बन्धित सबै निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको हो ।      सप्तरीका विभिन्न स्थानिय स्तरका क्रियाशिल सबै संघ, संगठन, यूनियन, एशोसिएशनहरुको संयुक्त आन्दोलन परिचालन समितिको शनिबार सम्पन्न बैठकले विभिन्न ११ बुँदे माँग राख्दै सो आन्दोलनको घोषणा गरेको हो ।      आन्दोलन परिचालन समिति सप्तरीका संयोजक कमलेश्वर बिराजी, डिन सप्तरीका अध्यक्ष इन्द्र प्रसाद चौधरी, केन्द्रिय सदस्य खुर्सैद इकराम, नेनापा एशोसिएशनका केन्द्रिय सदस्य उमेश प्रसाद यादव, प्रधुम्न पोखरेल र प्रदेश २ का प्रादेशिक समिति सचिव गंगाराम साहद्वारा जारि विज्ञप्तिमा पुस १ गतेदेखी माँगहरु पुरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जनाइएको छ । .... विस्तृत
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश  2075/09/02  त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजको आइतबार सम्पन्न निर्वाचनबाट सभापति पदमा उमेश कुमार यादव (भौतिक शास्त्र) निर्वाचित भएका छन् । उनले शिवनरायण यादवलाई पराजित गरेका हुन् । अध्यक्ष यादवले ७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी शिवनारायण यादवले ३ मत प्राप्त गरे ।     सोही निर्वाचनबाट उसभापतिमा सुरेश कुमार साह निर्वाचित भएका छन् । उनले ७ तथा उनका प्रतिद्वन्द्वी शिवेन्द्र बहादुर सिंहले ४ मत प्राप्त गरे । त्यस्तै सचिव पदमा उमेश प्रसाद यादव (रसायन शास्त्र) ले ७ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रामअशिष यादवले ४ मत प्राप्त गरे । यसैगरि सहसचिवमा मानवकुमार अधिकारी र कोषाध्यक्षमा बुलबुल चौधरी सर्वसम्मतिबाट चयन भएका छन् । .... विस्तृत

 

ताजा अपडेट