४८ घण्टाभित्र माग पुरा नभए औषधी व्यवसायी आन्दोलनमा उत्रने चेतावनी 2072/08/23 दैनिक संवाददाता राजविराज, २२ मंसिर । प्रहरीले गरेको कुटपिट र दुव्यवर्हार घटनाको घोर भत्सर्ना गर्दै औषधि व्यवसायी संघर्ष समिति सप्तरीले मंगलबार प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएका छन । अंचल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुको जायज माग ४८ घण्टाभित्र सम्बोधन गर्नुपर्ने माग गर्दै नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटि औषधि व्यवसायी संघर्ष समिति सप्तरीका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएका हुन ।..... विस्तृत
स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग 2072/08/22 दैनिक संवाददाता राजविराज, २१ मंसिर । मधेशी मोर्चाले सप्तरीले जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग गरेको छ । मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा सोमबार जारी विज्ञप्तीमा सप्तरीका सम्पुर्ण संघसंस्थाहरु विगत दुई सात्तादेखि पुर्ण रुपमा ठप्प रहेका कारणले जिल्लाका विरामीहरुलाई दिनप्रतिदिन समस्या उत्पन्न हुनुका साथै बाध्यतावश धरान, विराटनगर लगायतका जिल्लामा उपचार गराउँन बाध्य भएका छन भने जिल्लावासीहरु बिचल्लीमा परिरहेको अवस्थामा सरकारी पक्षबाट हालसम्म आन्दोलनको मागलाई सम्बोधन नगर्नु सरकारी पक्षको गैर जिम्मेवारीपनको पराकाष्ठा नै नाघेको ठहर गरिएको छ ।..... विस्तृत

 

ताजा अपडेट