मानवअधिकारको टोली फिर्ता बोलाइएको कार्यको भत्र्सना अस्पताल सूचारु गर्न निकायलाई बौद्धिक समाजको अपील 2072/08/21 दैनिक संवाददाता राजविराज, २० मंसिर । बौद्धिक समाज सप्तरीले नेपालमा जारि मधेश आन्दोलनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगले मधेशबाट आफ्नो अनुगमन टोली फिर्ता बोलाएको कार्यप्रति भत्र्सना गरेको छ । आइतबार राजविराजमा पत्रकार सम्मेलन गरि समाजका संयोजक अमरकान्त झाले मधेशी जनताको विश्वमै उदाहरणीय रहेको शान्तिपुर्ण आन्दोलनलाई बदनाम गराउन र दमनकारी सरकारलाई सहयोग पु¥याउने उद्देश्यले मधेशमा शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै आयोगको टोलीलाई फिर्ता बोलाउने कार्यको घोर भत्र्सना गर्दै आफ्नो दायित्व अनुसार दायित्वको निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध समेत गरेको छ । .... विस्तृत
शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त 2072/08/19 दैनिक संवाददाता राजविराज, १८ मंसिर । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका सप्तरीका ६ वटै शहिदहरुप्रति मधेशी मोर्चा सप्तरीले शुक्रबार राजविराजस्थित गजेन्द्र चौकमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरु सप्तरीको भारदह निवासी राजिव राउत, रामकृष्ण राउत, जमुनी मधेपुरा ९ छपकी टोल निवासी नागेश्वर यादव, डाढा गाविस ४ बलिया बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा प्रसाही टोल निवासी शिवशंकर दास र राजविराज १ निवासी दिलिप साहप्रति श्रद्धाञ्जली ब्यक्त गर्न सो श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।..... विस्तृत
मोर्चाद्वारा सप्तरीका शहिदहरुप्रति मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त 2072/08/18 दैनिक संवाददाता राजविराज, १७ मंसिर । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति मधेशी मोर्चा सप्तरीले बिहिबार जिल्लाभरिकै चौक चौकलगायत राजविराजमा सामुहिक रुपमा मौन धारण गरि श्रद्धाञ्जली व्यक्त गरेको छ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरु सप्तरीको भारदह निवासी राजिव राउत, रामकृष्ण राउत, जमुनी मधेपुरा ९ छपकी टोल निवासी नागेश्वर यादव, डाढा गाविस ४ बलिया बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा प्रसाही टोल निवासी शिवशंकर दास र राजविराज १ निवासी दिलिप साहप्रति सामुहिक रुपमा ५ मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरियो । ...... विस्तृत

 

ताजा अपडेट